सिंगल चार्जमा ४३६ किलोमिटर चल्ने मोटरसाइकल, ४५ मिनेटमा फुल चार्ज

काठमाडौं । धेरै वर्षसम्म इलेक्ट्रीक स्कुटरको डिजाइन, अन्भेषण र खोजमा स्टार्टअप र स्थापीत ब्राण्ड लागेपनि मोटरसाइकलमा धेरैले ध्यान दिएका थिएनन् । अहिले समय फेरिदैछ । अहिले अधिकांश उत्पादकको ध्यान इलेक्ट्रीक मोटरसाइकमा खिचिएको छ ।

केही दिनअघि मात्रै भारतमा सार्वजनिक भएको इलेक्ट्रीक मोटरसाइकल अल्टाभोइलेट एफ ७७ मा ग्राहकको गज्जब आकर्षण देखिएको छ । कम्पनीले सार्वजनिक गरेको केही घन्टा भित्रै सन् २०२३ भरको लागि मोटरसाइकल सोल्ड आउट भएको थियो ।

यसले आगामी दिनमा इलेक्ट्रीक मोटरसाइकल बजारलाई प्रतिविम्बित गर्छ । भारतीय ब्राण्डको चर्चा चुलिएकै समयमा एक ब्रिटिस कम्पनीले हाइस्पीड इलेक्ट्रीक मोटरसाइकल उत्पादन गरेको छ । सिंगल चार्जमा ४३६ किलोमिटर रेन्ज दिने यो सुपर बाइक अहिले मोटरसाइकल पारखीहरुको बीच चर्चाको विषय बनिरहेको छ । यसलाई डिसी फास्ट चार्जरले केवल ४५ मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।

‘एआरसी’ नामक इलेक्ट्रीक मोटरसाइकल उत्पादक कम्पनीले इलेक्ट्रीक मोटरसाइकल ‘भेक्टर’ बनाएका हो । एकदमै फ्यूचरस्टीक डिजाइनमा तयार भएको भेक्टरलाई कम्पनीले सन् २०१९ मा भएको ‘गुडबुड फेस्टिभल’मा देखाएको थियो । पुर्णरुपमा हातले उत्पादन गरेको यो मोटरसाइकल ३९९ यूनिट मात्र उत्पादन गर्ने कम्पनीले घोषणा गरेको हो ।

प्रिमियका कार ब्राण्ड ज्यागुअरका एक डिजाइनरले यसको डिजाइन गरेका हुन् । क्याफे रेसर डिजाइनमा बनेको मोटरसाइकलको मूल्य ९० हजार यूरो हाराहारीमा पर्ने बताइएको छ ।

भेक्टर मोटरसाइकलमा ९५ किलोवाट क्षमताको मोटर दिइएको छ । जुन १२७ पीएस पावर बराबर हो । प्रतिघन्टा २०० किलोमिटरको उच्च गतिमा चलाउन सकिने मोटरसाइकलमा १६.८ किलोवाट क्षमताको ब्याट्री प्रयोग गरिएको छ ।

कम्पनीले अक्टोभर २०२२ मा भएको आइटीभी मोटरबाइक शोमा भेक्टरको प्रर्दशनी गरिएको थियो । हाल यो मोटरसाइकल बुकिङ गरेर किन्न सकिने कम्पनीको वेवसाइटमा उल्लेख गरिएको छ ।


Back_to_top