काठमाडौं । नेपाली अटो बजारमा क्रुजर स्टाइलमा निर्माण भएका मोटरसाइकलको छुट्टै क्रेज रहेको छ । युवा देखि उमेर पाको भएका सबै राइडरको रोजाईमा क्रुज बाइक पर्ने गरेको छ । नेपाली बजारमा सबैभन्दा बढी रुचाइने क्रुज बाइकको मोडल यस्ता छन् ।
बजाज एभेन्जर स्ट्रीट

नेपाली बजारमा एकदमै बाक्लो रुपमा देखिने क्रुजर बाइक हो बजाज अभेन्जर स्ट्रीट–१८० । यसको नेपाली बजार मूल्य ३ लाख १९ हजार ९ सय रुपैयाँ रहेको छ । यसको एउटा मोडल २२० सीसी भर्सनमा उपलब्ध छ । यो मोडलमा निकै पावरफुल र फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ ।
बजाज एभेन्जर क्रुजर

बजाज एभेन्जर क्रुज–२२० बाइकमा क्रोमको प्रयोग गरिएको छ । साथै, बाइकमा स्पोक ह्वील क्रोमयुक्त मिररको प्रयोग गरिएको छ । यसको बजार मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ रहेको छ ।
सुजुकी इन्टुडर
सुजुकी कम्पनीले नेपाली बजारमा इन्टुडर मोडल सार्वजनिक गरेसँगै निक्कै चर्चामा आएको थियो । यसको मूल्य ३ लाख २९ हजार रुपैयाँ रहेको छ । मोटरसाइकलको एएफआई अर्थात् फ्यूल इजेन्क्टेड भर्सन पनि उपलब्ध छ ।
रोयल इन्फिल्ड क्लासिक–३५०

रोयल इन्फिल्ड क्लासिक–३५० अर्को उत्कृष्ट क्रुजर बाइक हो । कम्पनीको ग्रोथमा यो मोटरसाइकलको महत्वपूर्ण योगदान रहेको छ । यसको बजार मूल्य ४ लाख ८४ हजार रुपैयाँ रहेको छ ।
रेनेगेड कोमान्डो–३००

यूएम रेनेगेड कोमान्डो ३०० क्रुजर बाइक हो । यूएम बाइक नेपालमा आइएमइ अटोमोटिभ्सले बिक्रि वितरण गर्दै आएको छ । यो बाइकको मूल्य ४ लाख ९२ हजार रहेको छ ।


