बाइकमा इफोटेन्टमेन्ट सिस्टम !

इन्फोटेन्टमेन्ट सिस्टम आजभोलि कार वा एसयूभीहरुमा सामान्य भइसकेको छ । तर, त्यही इन्फोटेन्टमेन्ट सिस्टम मोटरसाइकलमा भन्दा अनौठो लाग्नु स्वभाबिक हो ।

पछिल्ला दिनमा मस्कुलर बाइक निर्माता कम्पनीहरुले बाइकमा इफोटेन्टमेन्ट सिस्टमको कल्पना सुरु गरेका छन् । बढ्दो उच्च स्तरिय जिवनशैलीले बाइक निर्माता कम्पनीलाई त्यता तिर सोच्न बाध्य बनाएको छ । यस्तोमा अमेरिकन बाइक निर्माता कम्पनी हार्ले डेभिसनले आफ्नो चर्चित मोडलमा इफोटेन्टमेन्ट सिस्टम लगाउने भएको छ ।

कम्पनीले २०१९ नयाँ सिरिजका मोटरसाईकलमा ‘बक्स जीटीएस’ इफोटेन्टमेन्ट सिस्टम दिने भएको छ । यो सिस्टममा म्युजिक प्लेयर, एप्पल कार प्ले, एन्ड्रोइड अटो, नेभिगेशनलगायतका अन्य सुविधाहरु रहने छन् ।

कम्पनीले यो सिस्टमलाई आफ्ना उत्पादन अल्ट्रा लिमिटेड, अल्ट्रा लिमिटेड लो, रोड गाइड अल्ट्रा, रोड गाईड स्पेशल, स्ट्रीट गाईड स्पेशल, सिभिओ लिमिटेड, सिभिओ रोड गाईड र ट्राईड गिल्ड अल्ट्रामा दिने जानकारी दिएको छ ।

यो इफोटेन्टमेन्ट सिस्टमको आउटपुट २५ वाट पर च्यानल रहने छ भने ४ वटा स्पिकर रहने छ । यस सिस्टममा वायरलेस ब्लुटुथ हेडसेट जोड्न सकिने छ । साथै सेटलाईट नेभिगेसन र टेलिफोन कनेक्ट पनि गर्न सकिन्छ ।   


Back_to_top