६ जनाले एकै पटक यात्रा गर्न मिल्ने साइकल

काठमाडौं । भारतीय चर्चित ब्यवसायी तथा महिन्द्रा एण्ड महिन्द्राका अध्यक्ष आनन्द महिन्द्रा विभिन्न किसिमका अनौठा उत्पादनलाई आफ्नो टुइटर ह्यान्डलमा बाहिर ल्याउन सक्रिय हुन्छन् । उनको प्राथमिकतामा सामान्य मानिसहरुले अटोमोवाइल क्षेत्रमा गरेको नयाँ इनोभेसनलाई ट्वीट गर्नेमा पर्छ ।

आनन्द महिन्द्राको बलियो फ्यानफालोइङ भएको कारण उनको ट्वीट पछि त्यस्ता नविन खोजहरु मिडियामा समाचार बन्ने गरेका छन् । हालैमात्र आनन्द महिन्द्राले गाउँको एक यूवाले निर्माण गरेको साइकलको भिडियो ट्वीट गरेका छन् ।

अहिलेसम्म १० लाखभन्दा धेरैले मानिसले त्यो साइकलको भिडियो हेरेका छ् । उक्त भिडियोमा गाउँको एक यूवाले एउटै साइकलमा ६ जनालाई राखेर चलाइरहेको देख्न सकिन्छ । उक्त साइकल चालक आफैँले निर्माण गरेका हुन् ।

उक्त साइकल निर्माण गर्ने यूवाका अनुसार यो साइकलमा ड्राइभरसहित ६ जना यात्रा गर्न सकिन्छ । यो प्याडल थिच्ने साइकल होइन । यसलाई विद्युतीय मोटरको सहयोगले चलाउन सकिन्छ ।

एक पटक फुल चार्ज गरेर १५० किलोमिटरसम्म गुडाउन सकिने यो साइकलको मूल्य १० देखि १२ हजार भारतीय रुपैयाँ पर्नेछ । यसालाई एक पटक फुलचार्ज गर्न १० रुपैयाँ भारतीय रुपैयाँ हाराहारी खर्च हुनेछ ।

उक्त भिडियो ट्वीटरमा सेयर गर्दै आनन्द महिन्द्राले महिन्द्राको चिफ डिजाइनर प्रताप वोसलाई ट्याग गरेर भनेका छन्, ‘यसको डिजाइनमा सामान्य परिर्वतन गरेर यसलाई ग्लोवल मार्केटसम्म पुर्याउन सकिन्छ ।’ यूरोपको भिडभाड हुने पर्यटकिय क्षेत्रमा टुर बस जस्तै यसको प्रयोग गर्न सकिन्छ,’ उनले थप लेखेका छन् ।


Back_to_top