सुजुकी वर्गम्यानमा थपियो नयाँ भर्सन, यस्तो छ मूल्यमा फरक

काठमाडौं । सुजुकी मोटरसाइकल इन्डियाले भारतीय बजारमा अल न्यू वर्गम्यान स्ट्रीट ईएक्स सार्वजनिक गरेको छ । कम्पनीले १ लाख १२ हजार ३०० रुपैयाँ (एक्स शोरुम) मूल्य निर्धारण गरेर नयाँ वर्गम्यान सार्वजनिक गरेको हो ।

यो स्कुटर वर्गम्यान स्ट्रीटको पुरानो भर्सको तुलनामा १९ हजार भारतीय रुपैयाँले महंगो भएको हो । पुरानो भर्सनको मूल्य ८९ हजार ९०० रुपैयाँ रहेको छ । कम्पनीले अल न्यू वर्गम्यान तीन नयाँ कलरमा सार्वजनिक गरेको हो ।

कम्पनीले वर्गम्यान स्ट्रीटको इन्जिनमा नै परिमार्जन गरेको छ । अल न्यू वर्गम्यानमा सुजुकी इको पर्फमेन्स टेक्नोलोजिको एफआई इन्जिन दिएको छ । यसले स्कुटर रोकिएको अवस्थामा आफै इन्जिन बन्द गर्छ । थ्रोटल लिँदा अटोमेटीक स्र्टाट हुन्छ । यो टेक्नोलोजीको प्रयोगले स्कुटरको माइलेज राम्रो हुनुका साथै ट्राफिक लाइटमा सहज हुने कम्पनीको भनाइ छ ।

यो स्कुटरमा १२ इन्चको अलोय ह्वील दिइएको छ । त्यस्तै कम्पनीले नयाँ वर्गम्यानमा सुजुकि कनेक्ट फिचर दिएको छ जसलाई ब्लुटुथद्धारा कन्ट्रोल गर्न सकिन्छ । यसमा टर्न-वाई-टर्न नेभिगेशन, कल, एसएमएस अर्लट, ह्वाट्सएप अर्लट जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।

त्यस्तै यसमा रहेको डिजिटल कन्सोलमा हाइ स्पीड अर्लट, फोन ब्याट्री लेवल नोटिफिकेशन देख्न सकिन्छ ।

नयाँ वर्गम्यान १२५ मा १२४ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन दिइएको छ । यसले ८.६ पीएस पावर तथा १० एनएम टर्क जेनेरेट गर्छ ।

नेपाली बजारमा वर्गम्यान १२५ स्कुटर विक्री भइरहेको छ । सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी भी जी सुजुकिले नयाँ वर्गम्यान स्ट्रीट १२५ इएक्स केहि समयपश्चात नेपाल भित्र्याउन सक्ने सम्भावना रहेको छ ।

कम्पनीले पछिल्लो सयम नेपाली बजारमा १२५ सीसी स्कुटर सेग्मेन्टमा आक्रामक रणनीति लिएको छ । कम्पनीले ३ महिना अघिदेखि एभेनिस १२५ को विक्री सुरु गरेको छ । त्यस्तै कम्पनीले सुजुकी एसेस १२५ पनि विक्री गर्दै आएको छ ।


Back_to_top