काठमाडौं । बीवाइडीले सन् २०२१ अप्रिलमा भएको सघांई अटो शोमा सार्वजनिक गरेको ‘इ-प्लेटफर्म ३.०’मा आधारित एसयूभी एटो-३ नेपालमा विक्री सुरु भइसकेको छ ।
बीवाइडीको नयाँ प्लेटफर्ममा सबै साइज र सेग्मेन्टका ईभी उत्पादन गर्न मिल्ने किसिमको छ । कम्पनीको भनाइ अनुसार ३.० प्लेटफर्म इन्टेलीजेन्स, इफिसेन्सी, सेफ्टी र एथेन्टीक्स गरी मुख्य चार फाइदा रहेका छन् ।
कम्पनीले अहिले बजारमा विक्री सुरु गरेको ह्याचव्याक डल्फिन, एसयूभी एटो-३, सेडान सिल, मिनी कारमा सिगल, मिडसाइज एसयूभी सिलायन जस्ता मोडल उत्पादन तथा परिक्षण गरिरहेको छ ।
नेपालमा आएको एटो-३ बीवाइडीको नयाँ जेनेरेशन प्लेटफर्ममा तयार भएको हो । यस्तोमा यो मुख्य प्लेटफर्ममा रहेका मुख्य र आकर्षक ६ विशेषताको बारेमा यहाँ चर्चा गरिएको छ ।

ओपन सोर्स
बीवाइडी इ-प्लेटफर्म ३.० एक नयाँ विकास गरिएको बडी स्टक्चर हो । यसको सहायताले एकै स्ट्याण्डर्डको कम्पोनेन्टमा सामान्य परिवर्तन गरेर विभिन्न डिजाइनका इलेक्ट्रीक भेहिकल उत्पादन गर्न सकिन्छ ।
बीवाइडीको ३.० प्लेटफर्म डिजिटल तथा इलेक्ट्रीक आर्किटेक्चर हो जसको सहायताले बीवाइडी भेहिकललाई सुधारिएको ओपन सोर्स डिजाइन दिएको छ । गिलीको सिई र बीवाईडीको इ-प्ल्याटफर्म ३.० ओपन सोर्स प्ल्याटफर्म हुन् ।
वेसपोक ईभी प्ल्याटफर्म
बीवाइडीको ‘बीवाईडी इ-प्लेटफर्म ३.०’ ले डिजाइनर र इन्जिनियरहरुलाई नयाँ क्रियसनको लागि पूर्णत फ्रिडम प्रदान गर्नेछ । यो प्लेटफर्ममा ह्वीलवेस तन्काउने, इन्टेरियर रुम बढाउने, एक्सलको वीचमा ठूलो साइजको ब्याट्री अटाउने जस्ता सुविधा इन्जिनियरहरुले पाउने छन् ।
एरोडाइनामीक डिजाइन तथा लोसिटीङ डिजाइनको लागि तयार भएको प्लेटफर्मको कारण यसको ड्रयाग कोभिसियन्ट जम्मा ०.२१ सीडी रहेको छ । यो प्ल्याटफर्ममा २५०० एमएमदेखि ३५०० एमएमसम्म लामो ह्वील वेस प्रयोग गर्न सकिन्छ ।
एडब्लुडी सुविधा
बीवाइडी इ-प्लेटफर्म ३.० मा बनेका मोडलमा अलह्वील ड्राइभ सुविधा पनि प्रदान गर्न सकिन्छ । इ-प्लेटफर्ममा अगाडि २०१ बीएचपी र पछाडि ३६२ बीएचपीसम्मका इलेक्ट्रीक मोटर रहन सक्छ । यो दुई मोटरको कम्वाइन पावर ५०० बीएचपीभन्दा बढि हुनेछ ।

ब्लेड ब्याट्री र स्टायडर्ड हिटपम्प
उच्च सुरक्षाको कारण बीवाइडी ब्लेड ब्याट्री संसारभर चर्चामा रहेको छ । यसको सुरक्षाको कारण नै टोयोटादेखि टेस्लासम्मका उत्पादकले ब्लेड ब्याट्रीको प्रयोग थालेका छन् ।
अझ बीवाइडीको इ-प्ल्याटफर्म ३.० मा ‘अपग्रडेड एट इन वान ड्राइभ सिस्टम मोडुल’ रहेको छ । जसको कारण ब्याट्रीको इफिसीयन्सी ८९ प्रतिशतसम्म हुन्छ ।
यो ब्याट्रीले नेलपेनेट्रेसन टेस्ट, टेम्प्रेचर टेस्ट र ओभर चार्जिङ टेस्टमा सफलता उच्च सुरक्षित प्रमाणित भइसकेको छ । ब्लेड ब्याट्रीलाई ८ सय भोल्डसम्मको फास्ट चार्जिङले चार्ज गर्न सकिन्छ । उक्त चार्जरले ५ मिनेट चार्ज गर्दा १६० किलोमिटर बराबर रेन्ज थप्न सकिन्छ । बीवाइडीको भनाइमा यसमा रहेको स्ट्याण्डर्ड हिटपम्पले माइनस ३० डिग्रीसम्मको तापक्रममा समेत काम गर्छ । हिटपम्पको सहायताले चिसो ठण्डीमा पनि २० प्रतिशतले रेन्ज सुधार्न सकिन्छ ।
एक हजार किलोमिटरसम्म रेन्ज
इ-प्लेटफर्म ३.० मा बनेका कारहरु सिंगल चार्जमा एक हजार किलोमिटरसम्म चलाउन सकिने छ । चार अंकको रेन्ज पाउने भएपछि ईभी चालकलाई चार्ज सकिने चिन्ता हुँदैन । तर, अहिले नै धेरै रेन्जको ईभी बनाउँदा मूल्य धेरै पर्ने भएको कारण कम्पनीले उत्पादन गरेको छैन ।

बीवाइडी ओएस तथा अटोनोमस ड्राइभिङ
बीवाइडीले आफैँले तयार गरेको ओपस सोर्स इ-प्लेटफर्म ले फैलाउन मिल्ने, अपग्रेड गर्न मिल्ने र अन्य डेभलपरहरुको लागि काम गर्न खुल्ला गरेको कारण पनि यसको चर्चा अत्याधिक भइरहेको छ ।
यो प्लेटफर्ममा ओएस र अटोनोमस ड्राइभिङ सिस्टमको समायोजन गरिएको छ । यसमा अटोनोमस ड्राइभिङका लागि लाइडार, ३६० डिग्री क्यामरा तथा एमएमवेभ रडार प्रयोग गर्न सकिन्छ । यो प्लेटफर्ममा बन्ने भेहिकलमा लेभल २ प्लसको अटोनोमस ड्राइभिङ सिस्टम पाउन सकिने छ ।

