तीन दिन रोयल इनफिल्डको मोटरसाइकललाई निःशुल्क सर्भिस

काठमाडौं । रोयल इनफिल्ड मोटरसाइकलको आधिकारीक विक्रेता अल्फा अटोमोटीभ्स प्रालिले ‘निःशुल्क सर्भिस क्याम्प’ संचालन गरेको छ । कम्पनीले उपत्यका बाहिरका ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै निःशुल्क सर्भिस क्याम्प संचालन गरेको जनाएको छ ।

यहि मंसिर २७ गतेबाट संचालन हुने निःशुल्क सर्भिस क्याम्प मंसिर २९ गतेसम्म संचालन हुने छ । अल्फा अटोमोटीभ्सले पोखरा, इटहरी, धरान, बुटवल, जनकपुर, सुर्खेत, दाङ, महेन्द्रनगर र नारायणगढमा रहेको आफ्नो आधिकारीक सर्भिस सेन्टरबाट निःशुल्क सेवा प्रदान गर्न लागेको हो ।

कम्पनीले सर्भिसको लागि आउँदा लाग्ने ज्याला निःशुल्क गरेको छ । त्यसैगरी मोटरसाइकलमा लाग्ने जेनुइन पार्टस् र मोविलमा १० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ । कम्पनीले यो तीन दिने स्कीममा १ हजार यूनिट हाराहारी साधनले सर्भिस सुविधा लिने अपेक्षा गरेको छ ।

यस निःशुल्क सर्भिस क्याम्पमा आउने मध्ये दैनिक गोलाप्रथाबाट विजेतालाई विशेष गिफ्ट ह्याम्पर पनि दिने जनाएको छ ।


Back_to_top