फोर्डले ल्याउँदै इलेक्ट्रीक एसयूभी, बजारमा नआउँदै चर्चा

काठमाडौं । अमेरिकी अटोमोवाइल कम्पनी फोर्डले जर्मन ब्राण्ड फक्सवागेनको प्लेटफर्म प्रयोग गरेर बनाएको ईभीको पहिलो टिजर सार्वजनिक भएको छ । यी दुई विश्व प्रसिद्ध ब्राण्डको सहकार्यबाट बनेको फोर्डको पहिलो मोडल भएको कारण यसको चर्चा बढिरहेको हो ।

फक्सवागेनको एमइबी प्लेटफर्ममा आधारित भएर बनेको फोर्डको एसयूभी फक्सवागेनको चर्चित मोडल आइडी४ सँग धेरै अर्थमा मिल्दो देखिन्छ । फोर्डले यसलाई यूरोपियन बजारमा विक्री गर्ने लक्ष्यसहित तयार गरेको जनाएको छ ।

फोर्ड र फक्सवागेनले सन् २०२१ मै संयुक्तरुपमा अल न्यू क्रसओभर ईभीको विकास गर्ने कुरा स्विकार गरेका थिए । हालै मात्र फोर्ड मोटर्सको मोडल इ इलेक्ट्रीफिकेशन डिभिजनका प्रमुख मार्टिन स्याडर्सले स्कोडा इन्याकको केही पर्दा उठाउदै सन् २०२३ मा आफ्नो पहिलो ईभीको पर्दा उठाउन आतुर रहेको टुइट गरेका थिए ।

अटोकार यूकेका अनुसार नयाँ एसयूभीको डिजाइन फोर्डको अमेरिकी मोडल ब्रान्को र ए १५० को डिजाइनबाट इन्फुलेन्स भएको छ । यसमा एरो अप्टीमाइज ह्वील डिजाइनको साथमा लोअर बम्पर तथा चङ्की हेडलाइटस रहनेछ । फोर्डको यूरोपीयन ईभी यूरोपको कोलोङ फ्याक्ट्रीमा बन्नेछ ।


Back_to_top