औषत ९० किलोमिटरको स्पीडमा एटो ३ चलाउँदा ४४५ किमि रेन्ज (भिडियोसहित)

काठमाडौं । थाइल्याण्डका यूटुबर बोर्जन नाइल्याण्डले औषत ९० किलोमिटर प्रतिघन्टाको स्पीडमा बीवाइडी एटो ३ चलाएर फुल चार्जमा ४४५ किलोमिटर रेन्ज पाएका छन् ।

बीवाइडीको चर्चित सी सेग्मेन्ट एसयूभी निकै सफल मोडल मानिन्छ । अहिले यो क्रसओभर एसयूभीको विक्री मासिक ३० हजार यूनिटभन्दा धेरै छ । चीनमा यूवान प्लस नामबाट विक्री हुँदै आएको एटो ३ अष्ट्रेलिया, जापान, नेपाल, भारत लगायतका देशमा एटो ३ को नामले विक्री हुँदै आएको छ ।

एटो ३ मा ६०.४८ किलोवाट आवरको बीवाइडी ब्लेड ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । तर, यूटुबर नाइल्याण्डले ४४५ किलोमिटर रेन्ज पाएको भिडियोमा उल्लेख गरेका छन् ।

नाइल्याण्डले औषत २५ डिग्री सेल्सीयस तापक्रममा एटो ३ चलाएका थिए । उनले करिब ५९.६ किलोवाट आवर ब्याट्री प्रयोग गरेका थिए ।

बीवाइडी एटो ३ नेपालमा पनि विक्री वितरण सुरु भएको मोडल हो । बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकले ८९ लाख ९० हजार मूल्य तोकेर एटो ३ विक्री गर्दै आएको छ ।


Back_to_top