टेस्लाको उत्पादनमा वृद्धिसँगै पुरानो डेलिभरी न्यून विन्दुमा

काठमाडौं । विश्व प्रसिद्ध इलेक्ट्रीक कार निर्माता टेस्लाको उत्पादनमा वृद्धि भएसँगै गाडी बुकिङ गरेर डेलिभरी कुर्ने ग्राहकको संख्यामा यो वर्षकै सबैभन्दा कम विन्दुमा आइपुगेको छ ।

टेस्लाले सन् २०२१ को नेभेम्बरसम्म डेलिभरी दिन बाँकी रहेको २ लाख ७९ हजार कार थियो । तर, २०२२ लागेसँगै बुकिङ गरेर कार कुर्नेको संख्या बढ्दै गएको थियो । जुलाई २०२२ मा यसरी ईभी कुर्नेको संख्या ४ लाख ७६ हजारसम्म पुगेको थियो । अहिले डिसेम्बर ८ तारिखसम्म आई पुग्दा केबल १ लाख ६३ हजार ग्राहक गाडी कुरेर बसेका छन् ।

डिसेम्बर महिनाको ८ दिनमा मात्रै कम्पनीले ३७ हजार रुपैयाँ यूनिट टेस्लाका कार डेलिभरी दिएको थियो । अहिले डेलिभरी दिन बाँकी कारको संख्या १ लाख ६३ हजार यूनिट मध्ये अमेरिकामा ५८ हजार ९४९ यूनिट, यूरोपमा ६७ हजार ६८ यूनिट र त्यस बाहेक विश्वका अन्य देशमा ५८७९ यूनिट रहेको छ ।

टेस्लाले अहिले अमेरिका, जर्मनी र चीनमा गिगा फ्याट्री स्थापना गरेर गाडी उत्पादन गर्दै आएको छ । कम्पनीले मोडल वाई, मोडल थ्री र मोडल एक्सलाई विभिन्न रेन्ज र भेरियन्टमा उपलब्ध गराउँदै आएको छ ।


Back_to_top