तीन दिन भित्रै गाडी सर्भिस गर्नेलाई सुजुकीले दियो छुटै-छुट

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले भोलि पुस २० देखि २२ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्न सक्ने भएकोले फ्री सर्भिस क्याप गर्न लागिएको कम्पनीले जनाएको छ ।

सुजुकीका ग्राहकले झन्झट रहित तरिकाले आफ्ना साधन दुरुस्त राख्न सकुन भनेर यो सर्भिस क्याम्प संचालन गरेको जनाएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनुको साथै १५ जना लक्की ग्राहकले फ्री सर्भिस भौचर पनि जित्न सक्नेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनुहुनेछ । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्वील एलाइनमेन्टमा ५० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ । साथै, इन्जिन कुलिंग, एसी/हिटर सम्बन्धी पार्ट्स र एसोसरिजमा १० प्रतिशत छुट, स्पेयर पार्टस् र इन्जिन आयलमा ५ प्रतिशत छुट पाउने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभर रहेका सबै सुजुकी सर्भिस सेन्टरमा लागु हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सन्जाल छ ।


Back_to_top