काठमाडौं । रसिया र यूक्रेनमा चर्किएको तनावका कारण धेरैजसो यूरोपीयन, जापानीज तथा कोरियन अटो उत्पादकले आफ्नो उत्पादन यूनिट बन्द गरेसँगै इन्डियाको बजारमा आफुलाई केन्द्रित गरेका छन् । सुरुवातदेखि नै सुजुकी मोटर्स भारतको लागि महत्वपूर्ण बजार मान्दै आएको ब्राण्ड हो ।
इन्डो जापानी ब्राण्ड मारुती सुजुकीले भारतको सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको छ । अहिले भारतलाई केन्द्रमा राखेर हुन्डाई, किया र स्कोडाको पनि भारत अब तेस्रो ठूलो बजार भएको छ ।
हुन्डाई–किया, रेनो–निसान र स्कोडा–फक्वागेनले रसियाको मार्केटबाट आफूलाई बाहिर निकालेका छन् । त्यहाँको सट्टा उनिहरुले भारतीय बजारमा धेरै वृद्धि पाउने अनुमानसँगै लागनी बढाएका छन् ।
अहिले ६ टनसम्म क्षमताका लाइट कमर्सियल भेहिकल तथा पर्सनल प्यासेन्जर भहिकलको भारतमा बजार बढदै गएको छ । ‘ग्लोबल फोर कास्टिङ एजेन्सी एसएण्डपी ग्लोबल मोविलीटी’ले सन् २०२२ मा भारतीय बजारमा यस्ता सवारी साधनहरुको माग २२ प्रतिशतले बृद्धि भएर ४४ लाख यूनिट यूनिट कटेको प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेको छ । जबकी जापानको विक्री जम्मा ४२ लाखमा सिमित भएको अनुमान छ ।

प्यासेन्जर भेहिकलको मात्रै बजारको कुरा गर्ने हो भने भारतमा सन् २०२२ मा २५ प्रतिशतले विक्री बढेर करिब ३८ लाख यूनीट पुगेको छ । जापानमा भने प्यासेन्जर कारको विक्री २ लाख यूनिटले घटेर ३७ लाख यूनिटमा सिमित भएको छ ।
विश्व अटो बजारमा उत्पादनको हिसावले सबैभन्दा धेरै गाडी उत्पादन चीनमा भएको छ । चीनमा सन् २०२२ मा २ करोड ६१ लाख यूनिट कार उत्पादन भएको छ । अमेरिकामा ९८ लाख यूनिट गाडी उत्पादन हुँदा जापानमा ७४ लाख यूनिट उत्पादन भएको छ । उत्पादनको हिसावले पनि भारत चौथो ठूलो देश बनेको छ । भारतले सन् २०२२ मा ५१ लाख साना कार उत्पादन गरेको हो । धेरै कार उत्पादन गर्ने देशको सुचीमा पाँचौ नम्बरमा ३७ लाख यूनिट सहित दक्षिण कोरिया रहँदा ३६ लाख यूनिट कार उत्पादन गर्दै छैटौं स्थानमा जर्मनी रहेको छ ।

धेरै कार उत्पादन गर्ने देशको सूचीमा सातौ स्थानमा मेक्सीको छ । उसले एक वर्षमा ३३ लाख, आठौंमा ब्राजिलमा २२ लाख, नवाैंमा स्पेनले २१ लाख र दशौंमा थाइल्याण्डमा १८ लाख कार उत्पादन गरेको थियो ।
विगत १० वर्षमा भारतले धेरै समस्याको सामना गरिरहेको भएपनि उसले वार्षिक ३८ लाख यूनिट उत्पानलाई बढाएर ५१ लाख यूनिट पुर्याउन सफल भएको हो । भारतमा गाडीको उत्पादन विगत १० वर्षमा औषत ३ प्रतिशतले बढेको छ ।
विगत १० वर्षमा भारतीय अटाे बजार डि–मनीटाइजेसन, फाइनान्सीयल क्राइसिस, प्रदुषण मापदण्डको अपग्रेड, नयाँ सेफ्टी नम्स, कोभिड १९ को समस्या, सेमिकन्डक्टरको सर्टेज र रसिया युक्रेन युद्धको प्रभावका बाबजुद राम्रै वृद्धि भएको मानिएको छ ।

जर्मन कम्पनी फक्सवागेन ग्रुपले भारतको लागि प्रोजेक्ट २.० अन्तर्गत लगानी बढाएको छ । उसले १ बिलियन पाउण्ड थप लगानीको घोषणा गरेको छ । अर्को युरोपीयन ब्राण्ड सिट्रोनले पनि नयाँ नयाँ मोडल प्लान गरिरहेको छ ।
टाटा महिन्द्रा जस्ता भारतीय ब्राण्ड होस् वा कोरियाली कम्पनीहरु जो भारतमा बलियो पकड बनाउन सफल भएका छन् । उनिहरु थप लगानीको घोषणा गरिरहेका छन् । यसका अलावा धेरै चिनियाँ ब्राण्डले पनि भारत प्रबेशको लागि ढोका ढक्ढकाई रहेका छन् ।

