कारमा प्रयाेग हुने १.२९ मिटर लामाे अल्ट्रावाइड डिस्प्ले

काठमाडौं । अमेरिकी टेक्नलोजी कम्पनी कन्टिनेन्टलले कारका लागि उपयुक्त हुने सबैभन्दा ठूलो स्क्रीन (अल्ट्रावाइड डिस्प्ले) देखाएको छ ।

अमेरिकाको लस एन्जलसमा भइरहेको कन्जुमर इलेक्ट्रोनिक शो २०२३ मा कम्पनीले अल्ट्रावाइड कर्भ डिस्प्ले देखाएको हो । यो डिस्प्ले यति ठूलो छ कि कारको अगाडि दुवै साइडको ए पिल्लरमा जोडिन्छ ।

कन्टिनेन्टलले देखाएको उक्त अल्ट्रावाइड डिस्प्लेको लम्बाइ १.२९ मिटर रहेको छ । कारको ड्यासबोर्डको अगाडिकाे पूरै भाग ओगट्ने ४७.५ इन्च लामाे टीएफटी डिस्प्लेमा ३ हजार एलईडीमा ७६८० बाई ६६० पिक्सेलको एक्टीभ एरिया रहेको छ ।

यसको म्याट्रिक्स व्याकलाइटले हाइकन्ट्रास्ट पिक्चर क्वालिटी देखाउँछ । यसमा आफूलाई आवश्यक नहुने एरियालासई डिम समेत गर्न सकिन्छ ।


Back_to_top