उबरले बनाएको उड्ने ट्याक्सी भारत लगायत ५ देशमा उड्ने

अमेरिकी ट्याक्सी क्याब उबरको फ्लाइङ ट्याक्सी युनिट उबर एलिभेटले पहिलो पटक उबर एयर सिट पहिचान गरेको छ । उबर एलिभेटका अनुसार आगामी पाँच वर्षमा विभिन्न देशका रुटमा उड्ने ट्याक्सी संचालन गर्न भएको छ । पाँच देशको सूचीमा भारत, जापान अष्ट्रेलिया, ब्राजिल र फ्रान्समा उड्ने ट्याक्सी संचालन गर्ने जनाएको छ । 

उबर एलिभेटका अनुसार कम्पनीले ड्रोनमार्फत परिक्षण गरि रहेको छ । त्यससंगै एसिया प्यासिफिक क्षेत्रका अदीयमान एयर रुपमा सेवा विस्तारमा लाग्ने उबरको भनाइ छ । उबर एयर रुटले लोकल ट्रान्सपोर्टमा महत्वपूर्ण भुमिका खेल्ने अनुमान गरिएको छ । 

भारतमा उबर एलिभेटले उड्ने ट्याक्सी सुरु गरेसंगै अन्य चार देशमा समेत प्रक्रिया सुरु भएको उबर एभिएसन प्रोग्रामका प्रमुख एरिक एलिसनको भनाइ छ । उबरले विश्वव्यापी रुपमा उबर एरियल बनाइ रहेको छ । यो प्रणाली मार्फत अबको पाँच वर्ष भित्र एउटा बटम थिचेर उड्ने उबर बुक गर्न सकिने छ । यसका लागि उबरले उड्ने ट्याक्सी उत्पादन, ल्याण्ड गर्ने स्थान तथा प्रविधिको विकासमा काम थालि सकेको छ । 

छनोट भएका सहरहरु

जापानः जापानको टोकियो र ओसाकामा यो सेवा सुरु गरिने छ । 

भारतः भारतको धेरै जाम हुने र बस्ति भएको सहर नयाँ दिल्ली, मुम्बई बैंगलुरु लगायतमा सुरु गरिने छ । 

अष्ट्रेलियाः अष्ट्रेलियाको मेलबर्न र सिड्नी जोड्न उबर एयर ट्याक्सी सुरु गरिने छ । 

ब्राजिलः ब्राजिलको रियो दी जेनेरियो र साओ पाउलोमा उबर संजाल जोड्ने जनाइएको छ । 

फ्रान्सः फ्रान्सको नियमक निकायले स्वीकृति दिएपछि सहरको पहिचान गरिने छ ।


Back_to_top