कोरियाली कम्पनी कियाद्धारा उत्पादित सानो आकारको कार किया पिकान्टोको परिक्षण भैरहेको छ । कम्पनीकाअनुसार भारतमा परिक्षण भैरहेको यो मोडलमा हालसम्म कुनै समस्या देखिएको छैन । कम्पनीले तेस्रो जेनेनरेसनमा आधारित साना कारको प्रदर्शन गर्ने उद्देश्यअनुरुप परिक्षण गरिएको जनाएको छ ।
यो मोडल अगामी ३ महिना भित्रमा एसियाका विभिन्न सहरमा बिक्री वितरण गरिने कम्पनीले जनाएको छ । किया इन्डियाले अटो एक्स्पो २०१८ मा एसपी अवधारणाबारे जानकारी दिएको थियो । कम्पनीले किया इन्डियाकै कन्सेप्टमा आधारित पिकान्टो भारतमा भने सार्वजनिक नगर्ने संकेत देखाएको छ ।
पिकान्टो कारमा तीन इन्जिनको विकल्प दिइएको छ । १.० लिटर एमपिआइ थ्रि सिलिन्डर पेट्रोल इन्जिनले ६७ पिएस पावरका साथै ९६ एनएम टर्क उत्पादन गर्छ, भने १.२ लिटर एमपीआई फोर सिलिन्डर पेट्रोल इन्जिनले ८४ बीएचपी पावरका साथै १२२ एनएम टर्क उत्पादन गर्छ ।
त्यस्तै १.० लिटर टि–जिडिआई टर्बाेचार्ज्ड थ्रि सिलिन्डर पेट्रोल इन्जिनले १०० पीएस पावरका साथै १७२ एनएम टर्क उत्पादन गर्छ । यी कारमा ५ स्पिड म्यानुअल र ४ स्पिड अटोमेटिक गियरबक्स दिइएको छ ।
पिकान्टोको लम्बाई ३,५९५ एमएम रहेको छ भने चौडाई १,५९५ एमएम फराकिलो रहेको छ । यो कार १,४८५ एमएम अग्लो रहेको छ । यसमा प्रोजेक्टर हेडलाइट्स, क्रोम डोर ह्यान्डल, किलेस इन्ट्री, एप्पलकार प्ले, एन्ड्रोइड अटोलगायतका विशेषता रहेका छन् ।

