रक्सौल–काठमाडौं रेल सम्झौंता आज

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । दुई सरकार प्रमुखबीचको भेटवार्ताको क्रममा  रक्सौल–वीरगन्ज–काठमाडौं रेलमार्ग निर्माणका विषयमा सहमति हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसअघि घोषणा गरेको बल्क कार्गोसम्बन्धी सम्झौतामा भने हस्ताक्षर नहुने भएको छ। तयारी अपुग भएका कारण उक्त सम्झौता नहुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

साथै उक्त भेटघाटमा पारस्परिक भ्रमणपछिको उपलब्धिहरुको मूल्याङकन हुनेसमेत जनाइएको छ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास ९बिम्स्टेक०को चौथो शिखर सम्मेलनमा सहभागी हुन आएको अवसरमा यी दुवै छिमेकी राष्ट्रप्रमुखहरुबीच भेटवार्ता हुन लागेको हो। 


Back_to_top