अटो एक्स्पो २०२३ : टाटा सिएरा प्रि-प्रोडक्सन मोडल सार्वजनिक

काठमाडौं । टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित ईभीमध्ये सियरा ईभीको प्रि–प्रोडक्सन कन्सेप्ट सार्वजनिक गरेको छ । टाटा सिएरा ईभी कन्सेप्ट सन् २०२०को अटो एक्स्पोमा प्रदर्शन गरिएको थियो ।

यसलाई हाल भारतको ग्रेटर नोयडामा चलिरहेको अटो एक्स्पो २०२३ मा कम्पनीले टोन्ड डाउन भर्सनमा एसयूभी देखाएको हो ।

एक्स्पोमा देखाइएको इलेक्ट्रीक टाटा सियरा एसयूभी सेकेन्ड जेनेरेसन स्केटबोर्ड प्लेटफर्ममा आधारित रहन्छ । यो सन् २०२५ सम्ममा बिक्रीमा आउने सम्भावना रहेको छ । सियरा एसयूभी कन्सेप्टको समग्र डिजाइन पहिले नै देखाइएको सिएरा ईभीसँग धेरै मिल्दोजुल्दो रहेको पाइन्छ ।

अटो एक्सपो २०२३ मा देखाइएको सियरा एसयूभी कन्सेप्टमा फाइभ–डोर बडी सेल छ । जसमा चारटवटै खुल्ने ढोकाहरू रहेका छन् । यस एसयूभीमा डुअल टोन ह्वील र टायर प्याकेज कन्सेप्टमा देखाइएकोभन्दा बढी प्रोडक्सन-स्पेकको देखिन्छ।

टाटा मोटर्सले सी र डी पिलरलाई ब्ल्याक आउट गरेर सियराको मौलिक पहिचान कायम राखेको देखिन्छ । जसले कारलाई ठूलो ग्लासहाउस जस्तो बनाएको छ।

कम्पनीले यसको इन्टेरियर र प्राविधिक विवरणबारे खुलाएको छैन । तर, यसले एकपटकको फुल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिने अनुमान गरिएको छ । यो एसयूभी टाटाको पूरानो एसयूभी सियरा स्ट्रोम जस्तै फोर बाइ फोर ड्राइभट्रेनमा समेत आउने अनुमान गरिएको छ ।


Back_to_top