काठमाडौं । टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले ग्राहक लक्षित स्कीम सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई केन्द्रमा राखेर ल्याएको स्कीममा जेन्यूइन पार्टस् र लुव्रिकेन्टमा २५ प्रतिशतसम्म छुट दिने जनाएको हो ।
सिप्रदीको ग्राहकमुखी अवधारणा अनुरुप कम्पनीका अनुभवी र दक्ष प्रविधिकहरुबाट गाडीको चेकजाँच तथा परामर्श प्रदान गरी कम खर्चमा टाटाका जेन्यूइन पार्टस्को प्रयोगबाट गाडीको कार्य क्षमता वृद्धि गराउने योजना अनुसार उक्त स्कीम संचालनमा ल्याएको दावी गरेको छ ।
उक्त छुट सुविधा नेपालभरी रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुबाट ग्राहकले पाउन सक्ने छन् । साथमा सिप्रदी वर्कशपमा फेरिएका टाटा जेन्यूइन् पार्टस्हरुमा ६ महिना वा ५०,००० किलोमिटरसम्म वारेन्टी सुविधा पनि पाउन सकिने छ ।

