काठमाडौं । भारतीय अटो मोवाइल कम्पनी टाटाको चर्चित मोडल म्याजिक इलेक्ट्रीकमा आएको छ । विशेषत कमर्शियल गाडीमा ईभीको प्रयोग बढाउन प्रयास भइरहेको समयमा टाटाले म्याजिकलाई ईभीमा ल्याएको हो ।
टाटा म्याजिक यसअघि पनि नेपालमा विक्री हुँदै आएको गाडी हो । चालक सहित ११ जनाले यात्रा गर्न सक्ने म्याजिक तराईका जिल्लाहरुमा मुख्य यातायातको साधन बनिरहेको छ ।
वातावरणमैत्री इलेक्ट्रीक म्याजिकमा एड्भान्स कुलिङ सिस्टमसहित आई ६७ रेटेड बाटर र डस्ट प्रुफ ड्राइभिङ पार्टस् दिइएको छ । कम्पनीले यसमा १४ देखि २० किलोवाट आवरको फरक फरक ब्याट्री दिएको छ । यसमा रहेको ब्याट्रीलाई सिंगल चार्जमा १४० किलोमिटरसम्म चलाउन सकिन्छ ।
टाटाले म्याजिकमा ७ इन्चको टीएफटी डिस्प्ले, भ्वाइस एसिस्ट फिचर, रिभर्स क्यामेरा जस्ता फिचर रहेका छन् । टाटा म्याजिक इलेक्ट्रीकले कमर्शियल सेग्मेन्टमा राम्रो व्यापार गर्ने अनुमान गर्न सकिन्छ ।
यसको आधिकारीक विक्री सुरु हुने र अन्य टेक्नीकल डिटेलको विषयमा टाटाले कुनै आधिकारीक जानकारी उपलब्ध गराएको छैन ।


