करोडौं रुपैयाँमा किनेको कार नेमप्लेट राख्नु अघिनै दुर्घटनामा परेपछि…

आधुनिक विशेषता भएको गाडी चढ्ने सपना जो सुकैले बनाउने गर्छन् । त्यसमा पनि नयाँ ब्रान्डका मोडल खरिद गर्नु धनाढ्य व्यक्तिको शौखकै रुपमा रहेको पाइन्छ । त्यस्तै नयाँ ब्रान्डको शौखिन एक भारतीय नागरिकले करोडौं मूल्यमा किनेको महङ्गो कार नेमप्लेट राख्नुपूर्व नै दुर्घटना ग्रस्त भएको छ । 

भारतीय नागरिकले खरिद गरेको रोल्स रोयसको ‘गोस्ट’ मोडलकोे नयाँ कारमा नेमप्लेट राख्नु पूर्व नै दुर्घटनाग्रस्त भएको छ । 

यसअघि, यस्ता घटना फेरारी, ल्याम्बोर्गनीलगायतका ब्रान्डका बहुमुल्य कारमा नघटेको भने होइन । भारतीय मिडिया रसलेनेका अनुसार भारतीय ग्राहकले करिब ७ करोडमा किनेको कार नेम प्लेट नलगाउँदै दुर्घनामा परेको हो ।  

मुम्बईको सिटिजन्स होटेल जुदुन, नजिकैको फुटपाथमा भित्तामा ठोक्किएर कार दुर्घटना ग्रस्थ भएको हो । भित्तामा ठोक्किएको कारको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । उक्त कारलाई कार मालीकले करिब ७ करोड भारतीय रुपैयाँ अर्थात् नेपाली रकम ११ कराेड २० लाखमा खरिद गरेका थिए । 


Back_to_top