काठमाडौं । बससेवा डटकमले अनलाई टिकेट काउन्टरको सुरुवात गरेको छ । कम्पनीका अनुसार करिब ४०० वटा बसको सुरुवात देखिनै टिकेट लिन सकिने छ भने, क्रमिकरुपमा अन्य बसहरुको पनि सेवा थपगर्दै जाने कम्पनीले जनाएको छ ।
दियालो टेक्नोलोजीले यातायात व्यवसायीको लागि अपरेटर मोबाइल एप्स निर्माण गरेको जनाएको छ । जसमार्फत यातायात व्यवसायीले आफ्नो सबैकाम मोबाइलबाटै गर्न सक्ने छन् । मोबाइल एप्लीकेशन मार्फत आफ्नो गाडीको सिटबुक र बिक्री भएको टिकट संख्या हेर्न सकिनेछ । यात्रुले बिना कुनै झन्झट एप्सबाट निकट काट्न सक्ने दाबी गरिएको छ ।
यसको फाइदा यातायात व्यवसायीलाई पनि हुने दाबी गरिएको छ । ब्यववसायीले यात्रुको तथ्यांङ्क यथार्थपरक हुने हुँदा सोही अनुसार यातायात साधनको व्यवस्थापन गर्न सक्ने छन् । सबै कुरा सफ्टवेयरले नियन्त्रण गर्ने हुदा मानवीय त्रुटिका कारण हुने कमजोरीहरु हट्ने, टिकट दोहोरिने तेहरिने समस्या नआउँने हुदा अनावश्यक झमेलामा फस्नु नपर्ने, सबै हिसाव पारदर्शी हुने हुँदा यात्रीको विश्वास जित्न सकिने कम्पनीले दाबी गरेको छ ।
यात्रुलाई पनि यसको राम्रो फाइदा पुग्ने कम्पनीले दाब िगरेको छ । कम्पनीका अनुसार घरैबाट नै बसको टिकट काट्न सकिने हुँदा समय र खर्च दुबै बचत हुने छ । टिकट बुकिंगको लागि टिकट काउन्टरमा घन्टौंसम्म लाइन बस्नु पर्ने सास्तीबाट मुक्ति मिल्ने कम्पनीको दाबी छ ।
अग्रिम टिकट काट्न काउन्टरमा पुग्न नसक्ने तर, गन्तव्यमा पुग्नु पर्ने यात्रुले समेत सहज रुपमा बुकिंग गर्न सक्ने हुँदा यात्रुलाई निकै फाइदा हुने छ । साथै वैदेशिक यात्राबाट फर्कने यात्रुले पनि विदेशबाटै टिकट बुकिंग गर्न सक्ने छन् ।
यात्रुले बाट टिकेट खरिदगरि ई सेवा, आइमएमले पे, ई प्रभु, इ नेटलगायतको पेमेन्ट गेटवेको प्रयोग गरि मोबाइल तथा इन्टरनेट मार्फत सिधै टिकट काट्न सक्ने छन् ।

