हुन्डाईको इलेक्ट्रीक कार आयोनिक नेपालमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । हुन्डाई मोटर कम्पनीले नाडा अटो शोमा आफ्नो बहुप्रतिक्षित हुन्डाई आयोनिक शोकेस गर्ने भएको छ । त्यसको लागि कम्पनीले २ वटा आयोनिक फुल अप्सन कार नेपाल ल्याईसकेको छ ।

कोरियन अटो जाइन्ट हुन्डाईको अमेरिकी युनिटले विशेष प्राथमिकतामा राखेर उत्पादन गर्दै आएको यो कार पछिल्लो दिनमा निकै चर्चित बन्दै आएको छ । कोरियामा उत्पादन भएको प्रिमियम सेडान कार नेपाली बजारमा प्रवेश गरेको हो ।

यो पनि पढ्नुस्ः युरोपको चर्चित इलेक्ट्रीक कार रेनो जोइ नेपालमा, यस्ता छन् विशेषता

अहिले नेपाली अटो बजार निकै तातेको छ, न तातोस् पनि किन, नाडा अटो शोको चटारोले सबैलार्इ छोपेको छ । १९ कार विक्रेता कम्पनी र २० मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनी कसरी आफ्नो स्टललाई अन्य कम्पनीको भन्दा फरक तथा आकर्षक देखाउन सकिन्छ भनेर कम्मर कसेर लागेका छन् । पछिल्ला २ वर्षमा संसारभर जतिपनि अटो शो आयोजना भएका छन्, तीसबै शोमा प्रमुख प्राथमिकतामा राखेर इलेक्ट्रीक कारहरु शोकेस गरिएका छन् ।

दक्षिण कोरियामा निर्मित आयोनिक सेडानमा सात एयरब्याग, एबीएस, स्ट्याबिलिटी कन्ट्रोल, लेन डिपार्चर र फरवार्ड कोलिजन वार्निङ, लेन किप असिष्ट तथा ब्लाइन्ड स्पट डिटेक्सन सिष्टमजस्ता सेफ्टी फिचर छन् ।

यतिसम्मकी बेजिङ अटो शोलाई त इलेक्ट्रीक मोटर शो भनेर विश्वभर चर्चा गरियो । चाहे भारतीय अटो  शो, जेनेभा अटो शो, टोरन्टो अटो  शो, इन्डोनेसिया मोटर शो, सिंगापुर अटो शो, शिकागो अटो शोजस्ता ठुला मोटर शोमासमेत इलेक्ट्रीक सवारीसाधन त्यसमापनि विशेष गरेर कारहरुको प्रर्दशनी भएका छन् ।

यो पनि पढ्नुस्ः बेनेलीले अटो शोमा १३ लाखको नयाँ बाइक सार्वजनिक गर्दै, यस्ता छन् विशेषता

यसबाट नेपाल कसरी अछुतो रहन सक्छ । नेपाली बजारमा यसअघि नै किया, बिवाइडी र महिन्द्राले आफ्ना इलेक्ट्रीक गाडिहरू बिक्री गर्दै आएका छन् ।

आयोनिकका सेफ्टी फिचर

हुन्डाईको आयोनिकले एशियन एनक्याप क्र्यास टेष्टमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ । जसले सेफ्टी टेष्टको कुल १०० अंकमा ९१ दशमलब ९८ स्कोर पाएको थियो । एडल्ट अकुपेन्सी, चाइल्ड अकुपेन्सी र सेफ्टी असिष्ट टेक्नोलोजीजस्ता फिचरमा कारले उत्कृष्ट अंक पाएको छ ।

दक्षिण कोरियामा निर्मित आयोनिक सेडानमा सात एयरब्याग, एबीएस, स्ट्याबिलिटी कन्ट्रोल, लेन डिपार्चर र फरवार्ड कोलिजन वार्निङ, लेन किप असिष्ट तथा ब्लाइन्ड स्पट डिटेक्सन सिष्टमजस्ता सेफ्टी फिचर छन् ।

कारको टेष्टीङकोलागि धुलिखेल हुँदै दोलालघाट, सीतापार्इलाको ह्वाइट गुम्बालगायतका स्थानमा लगिएको कम्पनीले जनाएको छ ।

यसमा रहेको अन्य फिचरहरुमा एन्ड्रोइड अटो, एप्पल कार प्ले, वायरलेस चार्जर, ७ इन्च टिएफटी इन्स्टुमेन्टल क्लस्टर, पूर्ण लेदर सिटआदि रहेका छन् ।

नेपालमा परिक्षण

नेपाली बजारमा दुई हप्तादेखि टेष्टीङ चलिरहेको यो कारले एकपटकको फुलचार्जमा २२० देखि २५० किलोमिटर माइलेज दिने छ । यो कारको अर्को विशेषता भनेको करिब १० प्रतिशत चार्ज कार गुडिरहेको बेलामा जेनेरेट गर्ने छ ।  

‘हामीले नेपालको रोड कन्डिसन अनुसार यो कारको पर्फमेन्स हेरिरहेका छौं, अहिलेसम्मको पर्फमेन्सलाई आधारमान्दा हाम्रो सडक कन्डिसनमा यो कार उपयुक्त रहेको छ’ नेपालको लागि हुन्डाईको आधिकारी वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक निराकार श्रेष्ठले मेरोअटोसँग भने ।

कारको टेष्टीङकोलागि धुलिखेल हुँदै दोलालघाट, सीतापार्इलाको ह्वाइट गुम्बालगायतका स्थानमा लगिएको कम्पनीले जनाएको छ ।

यसले ० देखि १०० किलोमिटरको रफ्तार भेट्टाउन ९.९ सेकेन्ड मात्र लगाउँछ । कम्पनीले कारको टप स्पीड १६५ किलोमिटर प्रतिघन्टा भएको जनाएको छ ।

मोटर र ब्याट्री प्याक

यसमा दिइएको ८८ किलोवाटको इलेक्ट्रीक मोटरले ११९.७ एचपी पावर र २९५ एनएम टर्क उत्पादन गर्छ । यसले ० देखि १०० किलोमिटरको रफ्तार भेट्टाउन ९.९ सेकेन्ड मात्र लगाउँछ । कम्पनीले कारको टप स्पीड १६५ किलोमिटर प्रतिघन्टा भएको जनाएको छ ।

यसमा दिइएको लिथिएम आयन पोलिमोर ब्याट्रीलाई फास्ट चार्जरबाट चार्जिङगर्दा ३० मिनेटमा ८० प्रतिशत चार्जगर्न सकिने छ । यो अहिलेसम्मकै छिटो चार्जहुने प्रविधि भएको कम्पनीले दाबी गरेको छ ।

ह्वीलवेस

यो सेडान कारको लम्बाई ४४७० एमएम रहेको छ भने १८२० एमएम चौडाई रहेको छ । उचाई भने १४५० एमएम रहेको छ । यसको ह्वीलवेस २७०० एमएम रहेको छ । कारको कुल तौल १४३० केजी रहेको छ ।

मूल्य

अमेरिकी बजारमा वेस भेरिएन्टको मूल्य ३० हजार डलर र लिमिटेड भेरिएन्टको मूल्य ३५ हजार डलर रहेको छ । कोरियामा यो कारको मूल्य ४१ लाख ८४ हजार नेपाली रुपैयाँ रहेको छ भने, नेपाली बजारमा यसको मूल्य ५२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।


Back_to_top