काठमाडौं । हुन्डाईको नयाँ ग्राण्ड आई-१० नियोस फेसलिफ्ट नेपालमा विक्री सुरु भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ह्याचब्याक सेग्मेन्टमा ग्राण्ड आई-१० नियोसको फेसलिफ्ट भर्सन विक्री सुरु गरेको हो ।
हुन्डाई ग्राण्ड आई-१० नियोस नेपालमा निकै सफल मोडल मानिन्छ । त्यसमा फेसलिफ्ट मोडल अझ परिस्कृत, आरामदायी र नविनतम् फिचर थप गर्दै ‘मोर द मेरियर’ ल्याएको जनाएको छ ।
फेसलिफ्ट नियोसको पछाडिको भागमा सेगमेन्टमै पहिलो पटक राखिएको एलइडी टेल लाइट र साथमा दिइएको लाइटबारले नयाँ ग्राण्ड आई-१० नियोसलाई विशिष्ट स्वरूप प्रदान गरेको छ ।
यसको अगाडिको भागमा रहेको पेन्ट गरिएको ब्ल्याक रेडीएटर ग्रिल र एलइडी डे टाइम रनिङ लाइट ‘डिआरएल’ले गाडीलाई अझ बढी स्टाइलिस र स्पोर्टियर बनाएको देख्न सकिन्छ ।
यसमा भएको १५ इन्च डुअल टोन स्टाइलड स्टिल ह्वील, प्रोजेक्टर हेड ल्याम्प, शार्क फिन एन्टेना र रुफ रेलले ग्राण्ड आई-१० नियोसलाई अझ बढी आकर्षक देखाएको छ ।
सुरक्षाको हिसाबले नयाँ ग्राण्ड आई-१० नियोस पहिलेको मोडलको तुलनामा बढी परिष्कृत र नविनतम् भएको छ । एड्भान्स हाइ स्ट्रेन्थ स्टिल ‘एएचएचएस’ले तयार गरेको नयाँ ग्राण्ड आई-१० नियोसमा चालक तथा यात्रुको सुरक्षाको लागि ४ ओटा एयरब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रोनिक स्टेबिलीटि कन्ट्रोल ‘इएससी’, भेइकल स्टेबिलिटि म्यानेजमेन्ट ‘भीएसएम’, हिल स्टार्ट असिस्ट कन्ट्रोल ‘एचएसी’, डिस्प्ले अन अडियो सहितको रियर पार्किङ लगायतका फिचरहरू समावेश गरिएको छ ।
नियोस फेसलिफ्ट मोडलमा स्पीड अलर्ट सिस्टम, बरग्लर अल्राम, रियर डीफगर, सेन्सीङ अटो डोर अनलक, स्पिड सेन्सीङ अटो डोर लक, हेड ल्याम्प एस्कर्ट सिस्टम, इमर्जेन्सी स्टप सिग्नल लगायतका सुरक्षाका विशेषता पाउन सकिन्छ ।
नयाँ ग्राण्ड आई-१० नियोसमा ड्यल टोन ग्रे इन्टेरियर, सेमी फ्याब्रिक सिट दिइएको छ भने टिल्ट स्टेरिङ, कुल्ड ग्लोब बक्स, फुटवेल लाइटनिङ, ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, रियर यूएसबी पोर्ट पनि दिइएको छ ।
कम्पनीले क्रुज कन्ट्रोल, भोइस रिकग्निसन, एन्ड्रोइड अटो र एप्पल कार प्ले सपोर्ट गर्ने कनेक्टिभिटी फ्युचरिस्टिक फिचरहरू पनि समावेश गरेको छ ।
नयाँ ग्राण्ड आई-१० नियोस १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ । यसको ग्राउण्ड क्लियरेन्स १६५ एमएम रहेको छ । यो ह्याचब्याकको पावर र यसले दिने पर्फर्मेन्सको कारण यसमा उत्साहजनक ड्राइभिङ्ग अनुभव लिन सकिने कम्पनीको दाबी छ ।
नियोस फेसलिफ्टमा म्यानुअल ट्रान्समिसन अप्सनमा इरा, मग्ना र सपोर्ट भेरियन्टमा उपलब्ध रहेको छ । अटोमेटिक म्यानुअल ट्रान्समिसनमा मग्ना र स्पोर्ट्स भेरियन्ट उपलब्ध रहने कम्पनीले जनाएको छ । कम्पनीले नयाँ ग्राण्ड आई-१० नियोसको सुरुवाती मूल्य २९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरी बिक्री सुरु गरेको हो ।


