काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टाटा मोटर्सले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
सिप्रदीले देश विकास र पहिचान स्थापनामा नारीहरुको योगदानको उच्च कदर गर्दै ‘नेक्सन ईभी वेमेन ड्राइभ द नेशन’ नाराका साथ उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
महिला दिवसको यस वर्षको ‘डिजिटल स् आविष्कार र प्रविधिमा लैङ्गिक समानता’ नारालाई सहयोग पुग्ने हेतुले अहिलेको विद्युतीय सवारी र त्यसको लागि जरूरी पूर्वाधार, सिप तथा जानकारी दिन ‘नेक्सन ईभी वेमेन ड्राइभ द नेशन’ कार्यक्रम आयोजना गरिएको सिप्रदीका प्यासेन्जर भेहिकल प्रमुख शावंत जंग सिजापतिले बताए ।
उक्त कार्यक्रममा विद्युतीय गाडी सञ्चालनको आधारभूत प्रक्रिया र प्रणाली सम्बन्धी जानकारी गराइएको थियो । साथै, महिलालाई ईभीको प्रयोगद्वारा वातावरण संरक्षणमा पनि टेवा पुर्याउन प्रोत्साहन गर्न थापाथलीस्थित शोरुमबाट बागडोल हुँदै नैकापसम्म नेक्सन ईभीमा सवार समेत गराइएको थियो ।

यस्तै, बागडोलमा ग्राहक सेवा प्रमुख र कर्मचारीद्वारा फास्ट चार्जिङ्ग स्टेशनका महत्वपूर्ण जानकारी, ईभी गाडीमा ख्याल राख्नु पर्ने र जान्नु पर्ने तरिकाहरु सिकाइएको थियो ।

