२५ लाख ५० हजारमै फक्सवागेनको नयाँपोलो

काठमाडौं । जर्मनको अटो निर्माता कम्पनी फक्सवागेनको लागि नेपालको आधिकारीक वितरक पूजा इन्टरनेशनल प्रालीले नयाँपोलो १.० नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै बजारमा ल्याइएको पोलो १.० को मुल्य २६ लाख ९५ हजार तोकेको छ । तर, अग्रिम बुकिंग गर्ने १०० जना ग्राहकले भने २५ लाख ५० हजार मुल्यमा गाडि किन्ने पाउँने छन् । सो कार आज एक कार्यक्रमका बीच साफ गेमका गोल्ड मेडलीस्ट तेक्वान्दो खेलाडि  दिपक  बिष्टले सार्वजनिक गरेका  थिए । 
९९९ सीसीको एमपीआई इन्जीन भएको यो पोलोले ६२०० आरपीएममा ७६ पिएस पावर तथा ३००० देखि ४३०० आरपीएममा ९५ एनएम टर्क उत्पादन गर्छ ।  यो इन्जीनले ग्राहकलाई इन्धन बचतमा सहायता पुर्याउने छ । साथै सरकारले बृद्धि गरेको कर नीतिले समेत यसलाई कुनै असर नपर्ने कम्पनीले जनाएको छ । यसपूर्व नेपाली बजारमा फक्सवागेनको १६०० र १२०० सिसि क्षमताका गाडि उपलब्ध थियो । गाडिमा एन्टी लक ब्रेकिंङ सिस्टम, एयर ब्याग, गाल्भानाइज्ड बडि, पावर विन्डो, रियर भ्यु क्यामरा, पोलन फिल्टर लगायतका सुविधाको साथै एयर कन्डिशन, पावर स्टेरिंग आदि अप्सन उपलब्ध छ ।
सन् २०११ मा नेपाली बजारमा ल्याइएको फक्सवागेन पोलो ह्याचब्याक निक्कै चर्चित बनेको थियो । कम्पनीले यस मोडल मार्फत पनि राम्रो चर्चा बटुल्ने अपेक्षा राखेको छ । अन्य गाडिको तुलनामा यो गाडिको मर्मत संभारका लागि ३० प्रतिशत मात्रै खर्च लाग्ने कम्पनीको दाबी छ । अन्य गाडि ५ हजार किलोमीटर चलाएपछि सर्भिसीङ्ग गर्नुपर्ने जनाउँदै कम्पनीले यसलाई १५ हजार किलोमीटर चलाएपछि मात्र मर्मत संभार गर्नुपर्ने दावा गरेको छ । 
२०१७ मा फक्सस्वागेन ग्रुपले विश्वभरिमा १ करोड, ४ लाख १३ हजार ३ सय १५ वटा गाडि बिक्री गरेको बताउँदै प्रालिका प्रमुख कार्यकारी अधिकृत विबेक बिजुक्छेले अन्तराष्ट्रिय अटो व्यापारको डाटा हेर्दा फक्सस्वागेन अग्र पंक्तिमा आउँने दाबी गरेका छन् । 


Back_to_top