काठमाडौं । एमजी मोटर इन्डियाले आगामी अप्रिलमा कोमेट मिनी ईभी सार्वजनिक गर्ने जानकारी दिएको छ । कम्पनीले अघिल्लो साता यसको नाम घोषणा गरेको थियो ।
कम्पनीले ल्याउने कोमेट मिनी ईभीमा हुने पावरट्रेनको विषयमा अझै कुनै आधिकारीक जानकारी आएको छैन । यद्यपि, यसमा विलिङ एयर ईभीको जस्तै ब्याट्री प्याक रहने अनुमान गरिएको छ ।
विलिङ मिनी एयरमा १७.३ किलोवाट आवर र २६.७ किलोवाट आवरको दुई ब्याट्री अप्सन उपलब्ध छ । सम्भवत यही साइजको ब्याट्री कोमेटमा रहने छ । उक्त ब्याट्रीले सिङ्गल चार्जमा क्रमशः २०० किलोमिटर र ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
कोमेट मिनी ईभीमा आकर्षक तरिकाले एमजी ब्रान्डिङ गरिएको छ । यो गाडीमा डुअल, भर्टिकल्ली स्ट्याक्ड हेडल्याम्प, एलईडी डीआरएल, एलईडी लाइट पाउन सकिन्छ ।
यसको विन्डस्क्रिनको मुनि ओआरभीएम दिइएको छ भने, डुअल–टोन कलर थिम र ठूलो रियर क्वार्टर गिलासको छेउमा क्रोम स्ट्रिप दिइएको छ ।

कोमेट ईभीमा ह्वील कभरसहितको स्टील ह्वील, माउन्ट गरिएको स्टप ल्याम्प, भर्टिकल्ली मिलाइएको टेल लाइटले आकर्षक देखाएको छ । कोमेट ईभीलाई कम्पनीले सेतो, निलो, हरियो, पहेँलो र गुलाबी सहित पाँचवटा रङ्गमा उपलब्ध गराउने छ ।
यसको इन्टेरियरमा सेन्टर कन्सोलमा स्लीक एसी भेन्ट्स, एसी कन्ट्रोलका लागि रोटरी नब, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम लगायत हुने अपेक्षा गरिएको छ ।
भारतीय बजारका एमजी कोमेट इभीको मूल्य भने सुरुवाती १० लाख हाराहारी रहने अनुमान गरिएको छ । भारतीय बजारमा विक्री सुरु भएको केही दिनमा नै नेपाली बजारमा पनि कोमेट ईभी उपलब्ध हुने आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले जनाएको छ ।
कम्पनी स्रोतका अनुसार आगामी मे महिना भित्रै कोमेट नेपाल आउन सक्नेछ ।

