काठमाडाैं । फागुन महिनाको २६, २७ र २८ गते नेपालभरि रहेका सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरु ‘इलेक्ट्रिफाइङ एक्सचेन्ज’ अफर विशेष एक्सचेन्ज क्याम्प चलिरहेको छ।
उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेल बाट चल्ने सवारी साधन लाई ब टाटा मोटर्सका विद्युतीय सवारीसंग साट्न मिल्ने गरी एउटै शोरुम बाट व्यवस्था गरिएको छ । चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा निशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाईनेछ।
अहिलेको चर्चित र सबैले रुचाएका टाटा मोटर्स नेक्सन ईभि र टिगोर ईभिको माग एकदम बढ्दो क्रममा छन्। र यहि मागलाई अझ सुलभ बनाउन चालु अवस्थामा रहेका गाडीहरु संग टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक ईभि संग साट्न सकिने छ, र त्यसका साथै विभिन्न अफरहरु पनि प्राप्त गर्न सकिने छ।
यो सुविधा सिमित अवधिका लागि फाल्गुन २८ गते सम्म टाटा मोटर्सका शोरुमहरुमा मात्र लागु गरिएको छ।

