काठमाडौं । सुपर सोकोले इलेक्ट्रीक मोटरसाइकलमा नगद छुटसहित थप अफर ल्याएको छ । नेपालका लागि आधिकारिक विक्रेता डिलाइफ स्टाइलले आगामी वैशाख अन्तिमसम्म लागू हुने गरी यो स्कीम ल्याएको हो ।
यो योजना अन्तर्गत कम्पनीका ग्राहकले सुपर सोकोको विद्युतीय मोटरसाइकलको खरिदमा ४० हजार रुपैयाँसम्मको नगद छुट दिएको छ । कम्पनीले विद्युतीय स्कुटरको खरिदमा नगद २० हजार रुपैयाँ छुट दिने भएको हो ।
कम्पनीका अनुसार सीपीएक्स र टीसी म्याक्स मोडलमा ४० हजार छुटको व्यवस्था रहेको छ । त्यसैगरी, सुपर सोको टीसी वान्डरर, टीसी र टीएस स्ट्रिट हन्टर मोडलमा २५ हजार नगद छुट पाउन सकिन्छ । कम्पनीले विक्री वितरण गर्दै आएको विद्युतीय स्कुटर मोडल सीयूएक्समा भने २० हजार रुपैयाँसम्मको छुट दिने बताएको छ ।
यो स्कीमसँगै कम्पनीले एक्सचेन्ज, फाइनान्स र अटो लोन दिने सुविधा ल्याएको छ । ग्राहकले सुपर सोकोका कुनै पनि विद्युतीय दुई पाङ्ग्रेको खरिदमा २ वर्षसम्मका लागि निःशुल्क सर्भिस गर्न पाउनेछन् । योसँगै, कम्पनीले ब्याट्रीमा २ वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी, मोटरमा २ वर्ष वा २० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ ।

