रोयल इनफिल्डको अन्तर्राष्ट्रिय स्तरको शोरुम नक्सालमा

काठमाडौं । रोलय इनफिल्डले नेपालमा अन्तर्राष्ट्रिय स्तरको शोरुम संचालनमा ल्याएको छ । त्रिवेणी ग्रुप अन्तर्गको अल्फा अटोमोबाइल्सले काठमाडौंको नक्साल नारायणचौरमा रोयल इनफिल्डको अन्तर्राष्ट्रिय स्तरको शोरुम संचालनमा ल्याएको हो ।

कम्पनीले संचालनमा ल्याएको रोयल इनफिल्ड मोटरसाइकलको शोरुम ‘बाइकर्स होमको’ अवधारणमा निर्माण भएको हो ।

कम्पनीको पहिलो प्रिमियम शोरुम त्रिवेणी ग्रुपका अध्यक्ष पुरुशोत्तम लाल संघाइले उद्धघाटन गरेको हुन् ।

दुईतला रहेको रोयल इनफिल्डको माथिल्लो तल्लामा मोटरसाइकल विक्री कक्ष रहेको छ भने तल वर्कशप रहको छ । त्यस्तै, कम्पनीले उक्त शोरुममा रोयल इनफिल्डका मर्चेन्डाइज तथा राइडिङ सेफ्टी गियरहरु समेत उपलब्ध गराएको छ ।

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी अल्फा अटोमोबाइल्सले हाल क्लासिक ३५० र मेटीअर ३५० को विक्री गर्दै आएको छ ।


Back_to_top