काठमाडौं । यामाहाले नयाँ वर्ष अफर ल्याएको छ । कम्पनीले नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर ‘पावर अफ फाइभ’ स्कीम सार्वजनिक गरेको हो ।
कम्पनीले ल्याएको स्कीम अन्तर्गत ग्राहकले मोटरसाइकल किन्नु अघिनै ५० हजारसम्म जित्न सक्नेछन् । त्यस्तै, मोटरसाइकल वा स्कुटर खरिद गरेपछि वाइल्ड कार्डमार्फत १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्न सक्नेछन् ।
त्यस्तै, हरेक मोटरसाइकल तथा स्कुटर खरिद कर्ताले रेफरल कोड मार्फत हरेक हप्ता ३ जना भाग्यशाली विजेताले आइफोन १४, एप्पल वाच तथा एयरपड जित्न सक्नेछन् ।
कम्पनीका अनुसार यो योजना एमटी १५, आर १५ र फसिनोमा बाहेक अन्य मोडलमा मात्र लागू हुनेछ ।
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्ल्यू इन्टरप्राइजेजले ल्याएको नयाँ वर्ष पावर अफ फाइभ स्कीममा घरै बसेर समेत सहभागी हुन सकिने छ । कम्पनीको आधिकारिक वेबसाइटमार्फत सहभागी हुन सकिन्छ ।


