मोटरहेडको नयाँ वर्ष ‘सुपर सवारी २०८०’ अफर सार्वजनिक

काठमाडौं । मोटरहेड मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड टे«डले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ ।

२०२१ अघिका मोडलहरुमा स्टक क्लीयरेन्स अफर कायम राख्दै कम्पनीले आफ्ना २०२२ मोडलका वाइकहरुमा “सुपर पावर २०८०, यो नयाँ वर्ष सुरक्षा र सुविधा हाम्रो, सवारी तपाईंको” नामक अफर सार्वजनिक गरेको हो । यो अफर चैत २४ गते देशै भरिकाे शाेरूममा  लागू हुनेछ ।

कम्पनीले सबै प्रकारका खरीद प्रक्रियामा उत्तिकै उत्साहित अफर समेट्दै नगद/फाइनान्स र एक्सचेन्ज खरीद प्रक्रियामा विभिन्न लाभमूलक अफर ल्याएको छ । जसमा नगद खरीद गरे वापत ग्राहकले मोटरहेडका कुनै २०२२ का मोडलमा २०८०/८१ सम्मको कर छुट तथा पूर्ण बीमाको सुविधा लिन सकिनेछ ।

फाइनान्स खरीदमा आफूले खरीद गरेको वाइकको पूर्ण बीमा ग्राहकले कम्पनीबाटै सुविधा पाइने तथा सट्टापट्टा गरी लिँदा ग्राहकले आफ्नो पुरानो वाइकको बजार मुल्याङकनमा कम्पनीबाट थप १५ हजारको मुल्याङकन अफर स्वरुप प्राप्त गरी नयाँ वाइक लिन सकिने छ ।  यसका साथै खरीद प्रकार जे–जस्तो भएता पनि यस ब्राण्डका वाइक खरीद कर्ताले कम्पनीको तर्फबाट फुल हेलमेट समेत सित्तैमा पाउन सक्नेछ ।

मेटरहेडका स्पोर्टस २५०, टेकन आर २५०, टेकन २५०, एमएच १५०, स्क्रयाम्बल र एक्सटर्क गरी ६ मोडल उपलब्द रहेको छ । मोटरहेडको देशका विभिन्न प्रमुख सहरहरुमा सेल्स, सर्भिस तथा पार्ट्सको सुविधा सहित डिलर रहेका छन् ।


Back_to_top