काठमाडौं । सन् १९३८ बाट उत्पादन सुरुभएको फक्सवागेन विटलले अहिलेसम्म संसारभर ३ करोड ३० लाख यूनिटभन्दा बढी कार विक्री गरिसकेको छ । अब तत्कालिन शासक हिटलरको सपनाको कार अब बन्द हुने भएको छ ।
जर्मन कार उत्पादक कम्पनीले निर्माण गरेको फक्सवागेनको विटल मोडललाई पिपूल्स कारको नामले संसारभर चिनिन्छ । केही वर्षसम्म विटल मोडलले प्रिमियम लाइफस्टाइल भेहिकलको रुपमा फक्सवागेनलाई निरन्तर मूनाफा दिइरहेको थियो ।
तर, पछिल्लो केही वर्षयता विश्व बजारमा विटलको व्यापार खस्कँदो बिक्रीका कारण अब यो मोडल सदाको लागि बन्द हुने अवस्थामा पुगेको छ ।
फक्सवागेनले केही महिना भित्र अमेरिकामा ‘२०१९ एमवाई विटल’ नामबाट अन्तिम संस्करण भन्दै बिक्री सुरु गर्ने भएको छ ।
एक अध्यनका अनुसार विटल लाइनअपमा यो फाइनल एडिसन हुने बताइएको छ । तर, कम्पनीले भने यसको आधिकारिक घोषणा गरेको छैन ।
सन् २००९ मा कम्पनीले ‘लस एन्जेल्स अटो शो’मा घोषणा गरेको फक्सवागेन विटल फाइनल एडिसन अन्तत् सार्वजनिक हुने संघारमा पुगेको छ ।
अब भने फक्सवागन विटल फाइनल एडिसनको निर्माण लस एन्जल्समा सम्पन्न भएको छ । याे कार एक्वारियम व्ल्यू कलरकाे साथमा ब्ल्याक कलरको हार्ड रुफ उपलब्ध रहेको छ । कम्पनीले यस गाडीलाई स्पोर्टर्स सस्पेन्सन गरेको छ भने गाडीको एक्सटेरियर र इन्टेरिएर भागलाई आर्कषक रुपमा निर्माण गरेको अन्तर्राष्ट्रिय मिडियाले जानाएका छन् ।
यस गाडीमा १७ इन्च अलोय ह्वील दिइएको यस कारमा भित्री भाग पहिलेको मोडलको तुलनामा केही परिर्वतन गरिएको छ । मिडिया रिपोर्टका अनुसार फक्स्वागन विटल नयाँ परिर्वतनका साथ बजारमा आउने छ । साथै यसले रेट्रो ह्याचव्याकलाई विशेष बनाउने अनुमान गरिएको छ ।
विटलमा टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ भने पूर्ण लेदर सिटहरुको प्रयोग गरिएको छ । यस मोडलमा क्रुज कन्ट्रोल सिस्टम, अटोमेटिक हेडल्याम्प, यएरब्याग, एबीएस जस्ता सुरक्षा फिचर दिइएको छ ।
२०१९ विटलमा २.० लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ, जसले १७४ एचपी पावरका साथै २४९ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड अटोमेटिक ट्रान्समिसन सिस्टम जडान गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार फक्सवागनले फोर डोर मोडलका साथै रेट्रो स्टाइलीङ थेममा यो कारलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

