५० हजार मूल्य घटेर सार्वजनिक भयो केटीएम ३९० एड्भेन्चर

काठमाडौं । केटीएम ३९० एड्भेन्चरको सस्तो भेरियन्ट ‘३९० एड्भेन्चर एक्स’ सार्वजनिक गरेको छ । कम्पनीले २ लाख ८० हजार भारतीय रुपैयाँ मूल्य निर्धारण गरेर सार्वजनिक गरेको हो ।

यसअघि विक्री हुने ३९० एड्भेन्चरको मूल्य ३ लाख ३० हजार भारतीय रुपैयाँ रहेको छ । कम्पनीले मोटरसाइकलमा रहेका विभिन्न फिचरहरू हटाएर कम मूल्यमा ३९० एड्भेन्चर ल्याएको हो ।

एक्स भेरियन्टमा ट्रयाक्सन कन्ट्रोल, क्वीक सिफ्टर, कर्नरिङ एबीएस जस्ता फिचर हटाएर ल्याएको हो । कम्पनीले यसको डबल च्यानल स्वीचएबल एबीसलाई भने निरन्तरता दिएको छ ।

त्यस्तै कम्पनीले एक्स भेरियन्टमा एलसीडी डिस्प्ले दिएको छ भने पुरानो टीएफटी डिस्प्ले र ब्लुटूथ कनेक्टिभिटी फिचरलाई हटाएको हो ।

कम्पनीले यसको इन्जिनमा भने कुनै परिर्वतन गरेको छैन । यो मोटरसाइकलमा ३७३ सीसी अत्याधुनिक डीओएचसी सिंगल सिलिन्डर, ईएफआइ इन्जिन रहेको छ । यसमा रहेको ‘राइड बाइ वायर’ जस्ता इलेक्ट्रोनिक्सले ४३ बीएच पावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top