मासिक ४४ हजार तिर्दा एस्टर किन्न पाइने, सेल्टोस र क्रेटा प्रतिस्पर्धी

काठमाडौं । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नेपाल आउन लागेको एमजी एस्टर हुन्डाई क्रेटा र किया सेल्टोसँग सिधा प्रतिस्पर्धा गर्ने मोडल हो । मोरिस ग्यारेज (एमजी)ले भारतमा निर्माण गरेको एसयूभी एस्टर फिचर लोडेड एसयूभीमा पर्छ ।

एमजीको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले एस्टरको एउटा मात्रै सुपर भेरियन्ट नेपाल ल्याएको छ । यसको मूल्य ४८ लाख ४९ हजार तोकेर बुकिङ खुलाएसँगै कर्जामा एस्टर किन्नेले तिर्नु पर्ने मासिक किस्ता हामीले यहाँ प्रस्तुत गरेका छौं । सम्पूर्ण मासिक किस्ताको विवरण हेर्न यहाँ क्लिक गर्नुहोला

अहिले बैंकको ब्याजदर केही घट्ने क्रममा रहेको कारण १३ प्रतिशत ब्याजदरमा कर्जा पाउन सकिन्छ । एस्टर किन्ने ग्राहकले मूल्यको ५० प्रतिशतले हुन आउने २४ लाख २४ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ । त्यति नै रकम कर्जा वापत पाउने छन् । उक्त रकम ७ वर्ष भित्र मासिक ४४ हजार १०६ रुपैयाँको दरले भुक्तानी गर्नु पर्ने हुन्छ ।

भारतमा उत्पादन भएको पहिलो एआई टेक्नोलोजी प्रयोग भएको एस्टर एसयूभीमा मल्टिफङस स्टेरिङ ह्वील, १०.१ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, एन्ड्रोइड अटो, एप्पल कार प्ले, चारवटा स्पीकर, रियर पार्किङ क्यामरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल ओडोमिटर, डिउलटोन ड्यासबोर्ड, १७ इन्चको अलोय ह्वील, एलइडी हेडल्याम्प लगायत फिचर छन् ।

सुरक्षाका लागि इबीडी सहितको एबीएस, इलेक्ट्रोनीक स्टेवीलीटी कन्ट्रोल, कर्नरिङ ब्रेक कन्ट्रोल, ब्रेक असिस्ट, चारवटै चक्कामा डिस्क ब्रेक, ट्रायाक्सन कन्ट्रोल, हिल असिस्ट, दुई वटा एयरब्याग छन् ।

यो एसयूभीको लम्बाई ४३२३ एमएम, चौडाई १८०९ एमएम, उचाई १६५० एमएम छ । यसमा २५८५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । एमजीले यसमा १.५ लिटर क्षमताको भीटीआई टेक पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले १०८ ब्रेक हर्स पावर र १४४ न्युटन मिटरको टर्क प्रदान गर्छ । एस्टर सुपरमा ५ स्पीडको म्यानुअल गियरबक्स रहेको छ ।


Back_to_top