काठमाडौं । हिरो एक्स्ट्रीम १६० आरको अपडेटेड भर्सन आउने भएको छ । हिरो मोटोकर्पले यूएसडी फर्कसहित एक्स्ट्रीम १६० आर ल्याउने भएको हो ।
हिरोले प्रिमियम मोटरसाइकलको रुपमा ल्याएको एक्स्ट्रीम १६० आरले सोचेजस्तो ब्यापार गर्न नसकेको कारण यसमा कम्पनीले यूएसडी (अप साइड डाउन) फर्क दिने भएको हो । हिरो मोटोकर्पको बजेट सेग्मेन्टका स्प्लेन्डर, प्यासन, ग्ल्यामर जस्ता मोटरसाइकल बेस्ट सेलर मोडल हुन् ।
कम्पनीले हिरो वल्र्ड २०२० मा सार्वजनिक गरेको एक्स्ट्रीक १६० आरको २०२३ मोडल ल्याउने तयारी गरेको हो । कम्पनीले राजस्थानको आरएण्डडी सेन्टर नजिनकै एक्स्ट्रीम १६० आरको नयाँ भर्सनको परिक्षण गरिरहेको तस्बीरहरु बाहिर आएका छन् ।
परिक्षणको क्रममा देखिएको मोटरसाइकलको फ्रन्टमा यूएसडी फर्क देखिको छ । त्यस्तै यसको ग्राफिक्समा केही परिर्वतन गरिएको छ । रेगुलर मोडलमा भने टेलिस्कोपिक सस्पेन्सन उपलब्ध छ ।
कम्पनीले एक्स्ट्रीम २०० आरसमेत १६० कै प्लेटफर्ममा ल्याउने तयारी गरिरहेको छ । त्यस्तै १५० सीसीमा उपलब्ध हंकलाई पनि १६० सीसीको इन्जिन दिएर परिक्षण गरिरहेको छ । अहिले चल्तीमा रहेका धेरै मोडलमा प्रिमियम फिचर थप गरेर हिरोले नयाँ मोडलहरु ल्याउन लागेको हो ।

