मासिक ३६ हजार किस्तामा भेन्यू, नयाँ वर्ष अफर चल्दै

काठमाडौं । हुन्डाई भेन्यू फेसलिफ्ट नेपालमा विक्री सुरु भएको तीन महिना पुरा भएको छ । आयात प्रतिबन्ध फुकुवा भएसँगै सबैभन्दा पहिला नेपाल आएको नयाँ मोडल नै भेन्यू फेसलिफ्ट हो ।

लक्ष्मी इन्टर कन्टिनेन्टलल प्रालिले विभिन्न ५ भेरियन्टमा भेन्यू फेसलिफ्ट नेपाल ल्याएर विक्री गर्दै आएको छ । भेन्यूको इन्ट्री भेरियन्ट इ, इ लोडेड, एस, एसएक्स र टप भेरियन्ट एसएक्स (ओ) डिसिटी यहाँ उपलब्ध रहेको छ ।

मूल्यको हिसावले सबैभन्दा सस्तो भेरियन्ट इको ४० लाख ९६ हजार रुपैयाँ रहेको छ । त्यसैगरी इ लोडेडको मूल्य ४१ लाख ५६ हजार, एस भेरियन्टको मूल्य ४६ लाख ९६ हजार, एसएक्सको ५६ लाख ९६ हजार र एस (ओ) डिसीटीको ५७ लाख ९६ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।

बजारमा क्रमिक रुपमा ब्याजदर घट्ने क्रममा रहेको र गाडी किन्ने मानिसहरु शोरुमसम्म धाउन थालेको कारण आगामी दिनमा गाडीको विक्री बढ्ने अनुमान गर्न सकिन्छ । यस्तोमा हुन्डाईले न्यू इयर अफर ग्राहकलाई दिएर आकर्षित गर्ने प्रयास गरिरहेको छ ।

कम्पनीले ल्याएको नयाँ वर्ष अफरमा भेन्यूको सबै भेरियन्टमा १ लाख रुपैयाँ नगद छुट, १५ हजार रुपैयाँ नयाँ वर्षको उपलक्ष्यमा छुट र एक्सचेन्ज गर्नेलाई थप बोनस, एक वर्षको बीमा र एक वर्षको सवारीसाधन कर कम्पनीले व्योहोर्ने जनाएको छ ।

सबैभन्दा कम मूल्यको इ भेरियन्ट किन्ने ग्राहकले छुटसहित लिँदा मासिक ३६ हजार २१२ रुपैयाँ किस्ता तिर्नेगरी खरिद गर्न सक्ने छन् । त्यसको लागि ग्राहकले १९ लाख ९० हजार ५०० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ । साथै, अहिले १३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध रहेको कारण ७ वर्षसम्म मासिक ३६ हजार २१२ रुपैयाँ तिर्दा पुग्ने देखिएको हो ।

नयाँ फेसलिफ्ट भेन्यूमा स्प्लीट हेडल्याम्प सेटअप, एलइडी डिआरएल र टर्न इन्डिकेटर नयाँ डिजाइनमा दिइएको छ । धेरै परिमार्जन भएको पछाडि दिइएको टेललाईट जोड्न एलइडी स्ट्रीप प्रयोग गरिएको छ । यसले यसअघि सादा लाग्ने पछाडिको भाग कलरफुल बनाएको छ ।

फेसलिफ्ट भेन्यूमा पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, स्पोर्टस्, नर्मल र ईकोगरी तीन ड्राइभिङ मोड पाउन सकिन्छ । पुरानै ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम भएपनि यसमा साउन्ड अफ नेचर फिचर थप भएको छ ।

अमेजन एलेक्सा र गुगल भोइस असिस्ट सहितको ‘होम टु कार कनेक्टीभिटी’ दिएको नयाँ भेन्यू हाइटेक फिचरले भरिएको छ । कन्ट्रोल सेलेक्ट कार फिचर, रिमोट क्लाइमेट कन्ट्रोल, रिमोट डोर लक र अनलक फिचर, रिमोट भेहिकल स्टाटस चेक, फाइन्ड माइ कार, टायर प्रेसर इन्फर्मेसन, फ्यूल लेभल इन्फर्मेसन, स्पीड अलर्ट, टाइम फेन्सीङ अलर्ट, आइडल टाइम अलर्ट जस्ता फिचर थप भएर आएको छ ।

भेन्यूमा यसअघि प्रयोग भएकै १.२ लिटर क्षमताको फोर सिलिण्डर पेट्रोल इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले ८३ पीएस पावर ११४ एनएम टर्क प्रदान गर्छ ।


Back_to_top