काठमाडौं । हुन्डाई मोटर ग्रुपले आयोनिक फाइभ र आयोनिक सिक्सको लन्चपछि आयोनिक थ्री पाइपलाइनमा राखेको छ । कम्पनीले ल्याउने यो इन्ट्री लेभल इलेक्ट्रीक एसयूभी सिंगापुरस्थित जुरोङ प्लान्टबाट उत्पादन हुने बताइएको छ ।
आयोनिक थ्रीलाई इन्टिग्रेटेड मोडुलर आर्किटेक्चरमा तयार गरिने अनुमान गरिएकाे छ । यसको बाहिरी डिजाइन भने आयोनिक फाइभ र सिक्सको तुलनामा केही पृथक हुने अपेक्षा गरिएको छ । यसमा डिजिटल लाइट, एरोडाइनामिक अलोय भने आयोनिक फाइभकै पाउन सकिन्छ ।
यसमा फक्सवागेन आइडी ३ मा भएजस्तै बोनेटको लम्बाइ छोटो हुने र क्याबिन स्पेस फराकिलो हुने अपेक्षा गरिएको छ । आयोनिक थ्रीमा लामो ह्वीलबेस हुने भएकाले अन्य आइसीई मोडल र ईभी मोडलहरूको तुलनामा फराकिलो हुनेछ ।
हुन्डाईले हालसम्म आयोनिक फाइभ सन् २०२१,आयोनिक सिक्स सन् २०२२ आयोनिक सेभेन सन् २०२४ मोडलहरू मात्रै आधिकारिक रुपमा लन्च हुने पुष्टि गरेको छ । यसमा आयोनिक थ्रीको बारेमा भने हुन्डाईले आधिकारिक घोषणा गर्न बाँकी नै रहेको छ ।

कम्पनीले अड नम्बरले क्रसओभर र एसयूभी जनाउने र इभन नम्बरले सेडान जनाउने बताएको थियो ।
कम्पनीले सन् २०२५ सम्ममा १७ वटा इलेक्ट्रीक मोडल सार्वजनिक गर्ने लक्ष्य रहेको बताएको थियो । यसमा ११ वटा हुन्डाई मोडल रहेका छन् भने ६ वटा जेनेसिस मोडल छन् । कम्पनीले सो अवधिसम्ममा १.८७ मिलियन यूनिट सवारी विक्री गर्ने लक्ष्य लिएको छ ।
यो ईभी ग्लोबल मार्केटमा सन् २०२५ सम्ममा आउने अपेक्षा गरिएको छ । यसले सार्वजनिकपछि स्कोडा अर्बन एसयूभी, रेनो ४ ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

