बुलेटका दुई नयाँ बाइक अटो शाेमा सार्वजनिक

काठमाडौं ।  रोयल इन्डफिल्डका दुई नयाँ बाइक नाडा अटो शोमा सार्वजनिक भएको छ । अटो शोको चौथो दिन शुक्रवार कम्पनीले थन्डरबर्ड ३५० एक्स् मोडल र क्लासिक गन मेटल ग्रे ३५० सार्वजनिक गरेको हो । 

रोयल इन्डफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइलले उक्त बाइकलाई अटो शोमा सार्वजनिक गरेको हो । यो रोयल इन्डफिल्ड थन्डरबर्डको फेसलिफ्ट बाइक रहेको कम्पनीले जनाएको छ ।

उत्कृष्ट डिजाइनको उक्त थन्डरबर्ड एक्स् बाइक बिएस फोर मोडल, टिउबलेस टायर, अलोयह्वील, ह्यान्डलबारका साथै सेतो तथा रातो रङ्गमा उपलब्ध रहेको छ । 

साथै, क्लासिक गन मेटल ग्रेतर्फ बिएस फोर मोडल, डबल डिक्स, ब्राउन सिट कभर जस्ता बिशेषता रहेका छन् । 


Back_to_top