तीन नयाँ मोटरसाइकल ल्याउने तयारीमा रोयल इनफिल्ड

सांकेतिक तस्बीर

काठमाडौं । रोयल इनफिल्डले तीन नयाँ मोटरसाइकल ल्याउने तयारी थालेको छ । हालै सार्वजनिक एक रिपोर्टका अनुसार कम्पनीले चाँडै तीन फरक फरक सेगमेनटका नयाँ मोटरसाइकल ल्याउने भएको हो ।

चेन्नइ बेस प्रिमियम मोटरसाइकल ब्राण्ड रोयल इनफिल्डले नयाँ बुलेट ३५०, हिमालयन ४५० र शटगन ६५० ल्याउने तयारी थालेको हो ।

यी तीनै मोटरसाइकल २०२३ को अन्त्यसम्ममा सार्वजनकि हुने अनुमान गरिएको छ । यस्ता छन कम्पनीले ल्याउने भनिएका नयाँ मोटरसाइकल ।

बुलेट ३५०

मिडिया रिपोर्टका अनुसार नयाँ जेनेरेशन बुलेट ३५० ल्याउने तयारीमा कम्पनी रहेको छ । कम्नपीले चाँडै ३५० सीसी अपडेटेड इन्जिनका साथ बुलेट ३५० ल्याउने तयारी गरेको हो । नयाँ बुलेट ३५० मा ३४९ सीसी आयल कुल्ड ओएचसी इन्जिन हुनेछ । यसले २० पीएस पावर तथा २७ एनएन टर्क जेनेरेट गर्छ । नयाँ जेनेरेशन बुलेट ३५० को मूल्य हन्टर ३५० कै जति हुने अनुमान गर्न सकिन्छ ।

हिमालयन ४५०

कम्पनीले एड्भेन्चर टूटर सेग्मेन्टको यो मोटरसाइकल चाँडै नै बजारमा ल्याउने तयारी गरेको छ । नयाँ भर्सन हिमालयन ४५० विभिन्न समयमा परीक्षण भइरहेको तस्वीरहरू बाहिर आइरहेको छ । रेगुलर हिमालयनमा ४११ सीसी इन्जिन रहेको छ भने अब आउने हिमालयनमा ४५० सीसी लिक्वीड कुल्ड इन्जिन हुने अनुमान गरिएको छ ।

शटगन ६५०

६५० सीसी सग्मेन्टमा कम्पनीले नयाँ मोटरसाइकल ल्याउने तयारी थालेको हो । भारतका विभिन्न स्थानमा नयाँ ६५० सीसी मोटरसाइकल परीक्षण भइरहेको तस्वीर बाहिर आइरहेको छ । रिपोर्टका अनुसार यसमा ६४८ सीसी प्यारलल ट्वीन इन्जिन हुनेछ भने २०२३ को अन्तिमसम्ममा यो मोटरसाइकल सार्वजनिक हुने अनुमान गरिएको छ ।


Back_to_top