काठमाडौं । एमजी मोटर इन्डियाले उत्पादन गर्ने कोमेट मिनी ईभीको विवरण लिक भएको छ । यो मिनी ईभीको ब्याट्री पावर, फिचर्स, रेन्जसहित ब्रोसर लिक भएको हो ।
यो ईभी ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल आर्किटेक्चरमा आधारीत रहेर निर्माण गरिएको छ । विलिङ एयर ईभीको रिब्रान्डेड भर्सन जस्तो देखिने यो ईभी विशेषगरी सिटी एरियाका ग्राहकका लागि केन्द्रीत रहेको छ ।
यसको लम्बाइ २९७४ एमएम, चौडाइ १५०५ एमएम र उचाइ १६४० एमएम रहेको छ । त्यस्तै, ह्वीलबेस भने २०१० एमएम पाउन सकिन्छ । यो मिनी ईभीको फ्रन्टमा आकर्षक तरिकाले एमजी ब्रान्डिङ गरिएको छ भने डुअल, भर्टिकल्ली स्ट्याक्ड हेडल्याम्प, एलईडी डीआरएल, एलईडी लाइट पनि दिइएको छ ।
यसको विन्डस्क्रीनको मुनि ओआरभीएम दिइएको छ भने, डुअल-टोन कलर थिम र ठूलो रियर क्वार्टर गिलासको छेउमा क्रोम स्ट्रिप पाउन सकिन्छ ।
कोमेट ईभीमा ह्वील कभरसहितको स्टील ह्वील, माउन्ट गरिएको स्टप ल्याम्प, भर्टिकल्ली मिलाइएको टेल लाइटले आकर्षक देखाएको छ । कोमेट ईभीलाई कम्पनीले बीच बे (ब्लू), सेनेरिटि (हरियो), सन्डोनर (ओरेन्ज) र फ्लेक्स (रेड) सहित चारवटा रङ्गमा उपलब्ध गराउने छ ।
यसको इन्टेरियरमा सेन्टर कन्सोलमा स्लिक एसी भेन्ट्स, एसी कन्ट्रोलका लागि रोटरी नब, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम लगायत पाउन सकिन्छ ।
यसमा १०.२५ इन्चको डुअल स्क्रीन, टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, डिजिटल क्लस्टर लगायत दिइएको छ ।
यस मिनी ईभीमा भोइस कमान्ड, रियल टाइम ट्राफिक अपडेट, टर्न बाई टर्न नेभिगेसन, मल्टी फङसनल स्टेरिङ ह्वील लगायत पनि पाउन सकिन्छ । एमजीले कोमेट मिनी ईभीमा १७.३ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । उक्त ब्याट्रीले सिङ्गल चार्जमा २०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
त्यस्तै, यसले ४२ पीएस पावर र ११० एनएम टर्क जेनेरेट गर्छ । यो ब्याट्रीलाई सामान्य चार्जरबाट चार्ज गर्दा ५ घण्टामा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने ३.३ किलोवाटको चार्जरबाट ७ घण्टामै फुलचार्ज गर्न सकिन्छ ।

