काठमाडौं । मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटो कर्पले गाडी खरिदमा आर्कषक छुटको अफर ‘पर्वोत्सव’ सुरु गरेको छ ।
नाडा अटो शो २०१८ र नजिकै गरेको दशैं तिहारको अवसरमा कम्पनीले गाडी खरिदकर्तालाई २ लाख रुपैयाँसम्म नगद छुट दिने भएको छ । साथै, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस तथा स्क्र्याच कुपनमार्फत १ लाख रुपौयाँसम्म अतिरिक्त छुट दिने कम्पनीले जनाएको छ । यसरी सबैमा पुरा छुट पाउने ग्राहकले एक मुष्ट ४ लाखसम्म छुट पाउने छन् ।
नाडा अटो शोको दौरानमा कम्पनीले सो योजना सार्वजनिक गरेको हो । नाडा अटो शोमा मारुती सुजुकीको स्टलबाट समेत यो अफरमा गाडी किन्न सकिने छ । साथै, नेपालभर रहेका सम्पूर्ण सुजुकी सोरुमहरुमा यो योजना लागुभएको छ ।

