हुन्डाईले देखायो ‘एक्सटर’को स्केच, नयाँ डिजाइन ल्याङ्गवेजमा आउने

काठमाडौं । हुन्डाईले ल्याउन लागेको माइक्रो एसयूभी एक्सटरको केहि विवरण बाहिर आएका छन् । कम्पनीले गाडी सार्वजनिक गर्नपूर्व नै यसको पावरट्रेन, डिजाइन लगायतका विवरण सार्वजनिक गरेको हो ।

हुन्डाई एक्सटर ब्रान्डको ‘सेन्सस स्पोर्टीनेस’ डिजाइन ल्याङ्गवेजमा आधारित रहेको छ । यसमा एच सेप्ड एलईडी डीआरएलसहितको स्प्लिट हेडल्याम्प सेटअप देख्न सकिन्छ ।

समग्रमा एक्सटरको अगाडिको भागको डिजाइन आयोनिक फाइभको जस्तै छ । यसको बोनेटमा दिइएको टुडी लोगो आयोनिक फाइभबाटै लिइएको हो ।

यसमा ८३ हर्सपावर शक्ति प्रदान गर्ने १.२ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन रहनेछ । यसमा फाइभ स्पीड म्यानुअल र अटोमेटीक म्यानुअल ट्रान्समिसन पाउन सकिन्छ ।

हुन्डाई एक्स्टर १.० लिटर टर्बो पेट्रोल इन्जिनमा पनि आउन सक्नेछ । युवा पुस्ताको आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको एक्सटरमा आधुनिक फिचर उपलब्ध हुनेछ ।


Back_to_top