भारतमा एमजी काेमेटकाे बुकिङ खुल्ला, सुरूवाति मूल्य ८ लाख मात्र

काठमाडौं । एमजी मोटर इन्डियाले पहिलाे ईभी कोमेट लन्च गरेकाे छ । कम्पनीले भारतीय बजारमा सुरूवाती मूल्य ७.९८ लाख राखेर याे कार लन्च गरेकाे हाे । काेमेट भारतमा विक्री हुने इलेक्ट्रिक कारहरू मध्य सबैभन्दा सस्ताे मूल्यमा लन्च भएकाे कार हाे।आगामि महिनाकाे १५ तारिखबाट याे कार बुकिङ गर्न सकिनेछ ।

विलिङ मिनी एयरमा १७.३ किलोवाट आवरकाे ब्याट्री प्याक रहेकाे छ । काेमेटमा रहेकाे माेटरले ४२ हर्सपावर तथा ११० न्यूटनमिटर टर्क जेनेरेट गर्छ । याे कारकाे रेन्ज एक पटककाे फुल चार्जमा २३० किलाेमिटर सम्म हुने कम्पनीकाे दावी रहेकाे छ ।

एमजी कोमेटलाई ३.३ किलाेवाटकाे चार्जरले ५ घण्टामा १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ भने फुल चार्ज गर्नका लागि ७ घण्टा लाग्ने बताइएकाे छ ।

यो ईभी ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल आर्किटेक्चरमा आधारीत रहेर निर्माण गरिएको हाे । यो विशेषगरी सिटी एरियाका ग्राहकका लागि केन्द्रीत गरिएको छ ।

यो मिनी ईभीको फ्रन्टमा आकर्षक एमजी ब्रान्डिङ गरिएको छ भने डुअल, भर्टिकल्ली स्ट्याक्ड हेडल्याम्प, एलईडी डीआरएल, एलईडी लाइट पनि दिइएको छ ।

यसको विन्डस्क्रीनको मुनि ओआरभीएम दिइएको छ भने, डुअल–टोन कलर थिम र ठूलो रियर क्वार्टर गिलासको छेउमा क्रोम स्ट्रिप पाउन सकिन्छ ।

कोमेट ईभीमा ह्वील कभरसहितको स्टील ह्वील, माउन्ट गरिएको स्टप ल्याम्प, भर्टिकल्ली मिलाइएको टेल लाइटले आकर्षक देखाएको छ । कोमेट ईभीलाई कम्पनीले सेतो, निलो, हरियो, पहेँलो र गुलाबी सहित पाँचवटा रङ्गमा उपलब्ध गराउने छ ।

यसको इन्टेरियरमा सेन्टर कन्सोलमा स्लिक एसी भेन्ट्स, एसी कन्ट्रोलका लागि रोटरी नब, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम लगायत हुने अपेक्षा गरिएको छ ।

यसमा १०.२५ इन्चको हेड यूनिट, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, भोइस कमाण्ड, मल्टी फङसनल स्टेरिङ ह्वील लगायत पनि पाउन सकिन्छ ।


Back_to_top