स्कोडाले तीन वर्ष भित्र ६ नयाँ इलेक्ट्रीक कार ल्याउने

काठमाडौं । फक्सवागेन समूहको एक ब्राण्ड स्कोडाले आगामी ४ वर्ष भित्र ६ नयाँ मोडलका ईभी बजारमा ल्याउने भएको छ । कम्पनीले आज ती ईभीहरुको कन्सेप्ट सार्वजनिक गर्दै आफु भविष्यमा ईभीको तयारीमा पूर्णरुपले तयार रहेको संदेश दिएको हो ।

कम्पनीले अहिले अन्तर्राष्ट्रिय बजारमा इन्याक नामको इलेक्ट्रीक मोडल विक्री गर्दै आएको छ । कम्पनीले आफ्नो दोस्रो मोडलको रुपमा ‘इल्रोक’ मोडल ल्याउने घोषणा गरेको छ । नयाँ मोडल सन् २०२४ बाट बजारमा आउने छ ।

स्कोडाले इन्ट्री लेभल एसयूभीको रुपमा ४.१ मिटर लामो साइजमा इल्रोक ल्याउने छ । त्यस्तै, कम्प्याक्ट एसयूभी, फुलसाइज एसयूभी र एमपीभी पनि ल्याउने जनाएको छ ।

स्कोडाले ईभीमा सबै रेन्जका उत्पादन बजारमा ल्याउने घोषणा गरेको छ । उसले भविष्यमा इलेक्ट्रीक सेडानदेखि सात सिट क्षमताको स्पेश नामको एसयूभी समेत बजारमा ल्याउने छ । साथै, अहिले विक्री गर्दै आएको इन्याक मोडल पनि सन् २०२५ मा अपग्रेट गर्ने कम्पनीले योजना बनाएको छ ।

स्कोडाले आफ्नो इन्ट्री लेभल मोडल इल्रोक करिब २५ हजार पाउन्ड मूल्य राखेर विक्री गर्ने अनुमान गरिएको छ । कम्पनीले इल्रोकलाई आफ्नो ‘मोडर्न सोलीड डिजाइन ल्याङ्गवेज’मा आधारित रहेर तयार पारिरहेको छ ।

स्कोडा इल्रोकमा ७७ किलोवाट आवर क्षमताको व्याट्री रहने अनुमान गरिएको छ । उक्त व्याट्रीलाई फुलचार्ज गरेर चलाउँदा एकपटकमा ४८० किलोमिटरसम्म रेन्ज पाउन सकिन्छ ।


Back_to_top