अप्रिलमा धेरै कार विक्री गर्ने १० कम्पनी, हुन्डाई र टाटा बीच कडा टक्कर

काठमाडौं । भारतीय बजारमा अप्रिल महिनामा गाडीको विक्री लगभग स्थीर रहेको छ । विभिन्न कम्पनीहरुको होलसेल विक्री मार्चको तुलनामा केही यूनिट घटेको देखिएको हो ।

मार्च महिनामा कुल ३ लाख ३६ हजार ४६ यूनिट कार कम्पनीहरुले डिलर नेटवर्कमा खुद्रा विक्रीको लागि पठाएका थिए । तर, अप्रिलमा भने ३ लाख ३१ हजार ५१३ यूनिट मात्रै कार डिलर नेटवर्कमा पुगेको हो ।

अघिल्लो वर्षको अप्रिलको तुलनामा भने १३ प्रतिशतले विक्री बढेको हो । अघिल्लो वर्ष अप्रिलमा २ लाख ९३ हजार यूनिट मात्रै विक्री भएको थियो ।

गत अप्रिलमा सबैभन्दा धेरै कार मारुती सुजुकीले विक्री गर्न सफल भएको छ । कम्पनीले १ लाख ३७ हजार ३२० यूनिट कार विक्री गर्दै आफुलाई पहिलो स्थानमा सुरक्षीत गर्दा हुन्डाईले ४९ हजार ७०१ यूनिट कार विक्री गर्दै दोस्रो स्थानमा आफुलाई राख्न सफल भएको छ ।

त्यसैगरी हुन्डाईलाई पच्छाई रहेको टाटाले ४७ हजार १० यूनिट कार विक्री गर्दा महिन्द्राले ३४ हजार ६९८ यूनिट सहित आफुलाई चौथो स्थानमा राख्न सफल भएको छ ।

पाँचै स्थानमा रहेको कियाले २३ हजार २१६ यूनिट कार विक्री गर्दै आफुलाई भारतीय बजारमा बलियोसँग स्थापित गर्न सफल भएको छ । यी पाँच वटै कम्पनीको विक्री अघिल्लो वर्षको अप्रिलको तुलनामा वृद्धि भएको हो ।

सूचीको छैटो स्थानमा रहेको टोयोटाले १४ हजार १६२ यूनिट कार विक्री गर्दा ५ हजार ३१३ यूनिटसहित होन्डा सातौं स्थानमा छ । यी दुबै कम्पनीको विक्रीमा गिरावट आएको हो ।

त्यसपछि क्रमशः एमजी ४ हजार ५५१ यूनिट, रेनो ४ हजार ३२३ यूनिट र स्कोडा ४ हजार ९ यूनिटसहित १० औं स्थानसम्म परेका छन् ।


Back_to_top