काठमाडौं । हिरो मोटोकर्पले प्यासन प्रोको नयाँ भर्सन ल्याउने तयारी गरेको छ । कम्पनीले कनेक्ट फिचर सहितको प्यासन एक्सप्रो ल्याउने भएको हो ।
हिरो एक्स प्यासन एक्सप्रो मोटरसाइकलको टीभीसी ९टीभी कमर्सियल० खिच्दै गरेको अवस्थामा देखिएको हो ।
कम्पनीले केही समय अघि सार्वजनिक गरेको प्रोटोटाइप जस्तै डिजाइनमा अबको केही दिनभित्र नै प्यासन एक्सप्रो ल्याउने अनुमान गरिएको छ ।
प्यासन एक्सप्रो स्पोर्टी डिजाइन कम्युटर मोटरसाइकलको रुपमा कम्पनीले ल्याएको छ भने यसलाई दुई कलर उपलब्ध हुनेछ । कम्पनीले टेक्नो ब्लू र स्पोर्टस् रेड दुई कलर अप्सन दिएको छ ।

कम्पनीले प्यासन एक्सप्रोमा स्मार्ट कनेक्ट फिचर समेत उपलब्ध गराउने भएको छ । यसमा कल अर्लट तथा एमएमएस अर्लट सहितको डिजिटल इन्स्टूमेन्ट क्लस्टर उपलब्ध रहेको छ ।
त्यस्तै मोटरसाइकलमा एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी डिआरएल, यूएसबी चार्जिङ पोर्ट जस्ता फिचर यसमा पाउन सकिन्छ ।
प्यासन एक्सप्रोमा १०९ सीसी सिंगल सिलिन्डर इन्जिन दिएको छ । यो इन्जिनले ९.११ पीएस पावर तथा ९ एनएम टर्क जेनेरेट गर्छ भने यसमा ४ स्पीडको गियर बक्स जडान गरिएको छ ।

