एमजीको सर्भिस सेन्टर कुसुन्तीमा, फास्ट चार्जर लगायत अन्य धेरै सुविधा

काठमाडौं । पारामाउन्ट मोटर्सको आधिकारीक वितरक रहेको मोरिस ग्यारेज ‘एमजी’ले ललितपुरको यातायात कार्यालय पछाडि (कुसुन्ती)मा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले उच्च स्तरीय प्रविधिको प्रयोग गरी ‘स्टेट अफ दी आर्ट’सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।

करिब ३० हजार स्क्वाएर फिट जग्गामा संचालन भैरहेको यस सर्भिस सेन्टर मार्फत सबै किसिमका सेवा पाउन सकिन्छ । यसअघि कम्पनीले धुम्बाराहीमा रहेको सर्भिस सेन्टरबाट सुविधा दिँदै आएको थियो ।

यस स्थानमा कम्पनीले दुई वटा चार्जर पनि उपलब्ध गराएको छ । कम्पनीले आफ्ना ग्राहकका सुविधाका लागि हाल ३० किलोवाट क्षमताको १ थान डिसी चार्जर र ७ किलोवाट क्षमताको एसी चार्जरको व्यवस्था गरेको छ । यहाँ एमजी ब्रान्डका सवारीधनीले ३० मिनेटको अवधिमा ८० प्रतिशतसम्म आफ्नो कार चार्ज गर्न सक्नेछन् ।

उक्त सर्भिस सेन्टरमा डेन्टपेन्टको पनि सुविधा उपलब्ध रहेको छ । यसका लागि कम्पनीले पेन्ट बुथको व्यवस्था गरेको छ । ग्राहकको सहजता र माग अनुसार कम्पनीले उक्त सर्भिस सेन्टरमा टु पोस्ट लिफ्ट ८ वटा र हाइड्रलिक होस्ट ३ वटा राखी सेवा दिँदै आएको छ ।

कम्पनीले ईभी र कम्बस्चन दुवै प्रकारका गाडीमा लाग्ने अत्यावश्यक पार्ट्सको स्टक पनि राखेको छ । उक्त सर्भिस सेन्टरबाट दैनिक न्युनतम १० युनिट देखि अधिकतम १५ युनिट गाडीलाई सेवा दिँदै आएको कम्पनीका मार्केटिङ म्यानेजर सुनिल चौधरीले जानकारी दिए । उनले एकपटकमा ६ वटा गाडीलाई सर्भिस गर्न सकिने बताएका छन् ।

उनि भन्छन्, ‘ईभी गाडीमा अत्यावश्यक चाहिने र प्राय फेर्न आउने भनेको एसी फिल्टर, ब्रेक प्याड लगायतका पार्ट्स हुन् भने कम्बस्चनमा आयल फिल्टर, मोबिल लगायत रहेका छन् । हामीले यस सर्भिस सेन्टरमा वाइपर, ब्रेक प्याड, एसी फिल्टर, आयल फिल्टरसँगै मोटर आयल जस्ता सामान पर्याप्त राखेर सेवा दिने गरेका छौँ ।’

पछिल्लो दिनमा एमजीले सर्वाधिक सफल एमजी जेडएस ईभी, एचएस,जीएस र हेक्टर जस्ता प्रिमियम मोडलको विक्री वितरण गर्दै आएको छ । अब भने कम्पनीले एक्स्टर मोडल सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

 


Back_to_top