सुजुकी ग्राण्ड भिटारा ‘जेटा’ भेरियन्टको मासिक किस्ता ५७ हजार

काठमाडौं । मारुती सुजुकीले टोयोटासँग मिलेर उत्पादन गरेको अल न्यू मोडल ग्राण्ड भिटाराको जेटा भेरियन्ट नेपालमा ६३ लाख ९९ हजार मूल्य तोकेर विक्री हुँदै आएको छ । यसलाई ग्राहकले मासिक ५७ हजार किस्ता तिर्नेगरी गरिद गर्न सक्नेछन् ।

विशेषगरी हुन्डाई क्रेटा, किया सेल्टोस, स्कोडा कुशक, फक्सवागेन टाइगुन, निसान किक्स जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा हुने ग्राण्ड भिटाराको जेटा भेरियन्टमा कम्पनीले १ लाख नगद छुट दिदै आएको छ ।

सुजुकीले आफ्नो एक कम्प्याक्ट एसयूभीमा स्मार्ट हाइब्रिड र इन्टेलिजेन्ट हाइब्रिड दुई इन्जिन अप्सनमा उपलब्ध गराएको छ । हामीले यहाँ चर्चा गरेको भेरियन्ट स्मार्ट हाइब्रिड जेटा हो । मूल्यको हिसावले जेटा उत्कृष्ट विकल्प हो ।

ग्राण्ड भिटारा स्मार्ट हाइब्रिड मोडलमा १४६२ सीसीको के१५सी माइल्ड हाइब्रिड पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १०३ पीएस पावर र १३७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यो एसयूभीमा ५ स्पीड म्यानुअल गियरबक्समा उपलब्ध छ ।

माइल्ड हाइब्रिड टेक्नलोजी रहेको ग्राण्ड भिटारा एसयूभीमा १२ भोल्ट ६ एम्पियरको लिथियम आयोन व्याट्री रहेको छ । यो ब्याट्री रिजेनेरेटीभ ब्रेकिङ सिस्टमको माध्यमबाट आफैँ रिचार्ज हुन्छ । कम्पनीले यसमा आइडल स्टार्ट/स्टपको फङ्सन समेत उपलब्ध गराएको छ ।

मारुती सुजुकीका अनुसार उक्त ब्याट्रीको सहायताले ६ देखि ७ प्रतिशतसम्म माइलेज बढाउन सकिन्छ । यसले प्रतिलिटर माइलेज २०.५ किलोमिटर दिने कम्पनीको दावी छ ।

साथै, अन्य फिचरको रुपमा स्मार्ट कनेक्टीभीटी, ९ इन्चको टचस्कृन डिस्प्ले , ६ वटा स्पीकर, स्टेरिङ माउण्टेड कन्ट्रोल सुइच, भ्वाइस कमाण्ड, अटोमेटीक क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट, पार्किङ सेन्सर सहितको रिभर्स क्यामरा, सेमी डिजिटल इन्टुमेन्ट क्लस्टर, क्रुज कन्ट्रोल, किलेस स्टाट/स्टप बटन, टिल्ट तथा टेलिस्कोपीक एड्जस्ट गर्न मिल्ने स्टेरिङ ह्वील पाउन सकिन्छ ।

त्यस्तै, सुरक्षाका लागि यो कारमा ओभर स्पीड वार्निङ, इमेर्जेन्सी ब्रेक लाइट फ्ल्यासिङ, ६ ओटा एयरव्याग, एबीएस, इबीडी, ब्रेक असिस्ट, इलेक्ट्रोनिक स्टेबिलीटी प्रोग्राम, हिलहोल्ड कन्ट्रोल, स्पीड सेन्सीङ डोरलक छन् ।


Back_to_top