काठमाडौं । लामो नामाकरण क्याम्पेन पछि हुन्डाईले उत्पादन गरिरहेको कोड नेम एएच२ कारको नाम सेन्ट्रो नै हुने भएको छ ।
यस नामाकरण क्याम्पेनमा सहभागि कुल ४ लाख १ सय १४ सहभागी मध्ये २ लाख १ हजार ५ सय ६८ ले स्यान्ट्रो नाम राख्न सुझाव दिएका छन् ।
सेन्ट्रोसँगै आई ५, सेनोनजस्ता नाम दिइएको कम्पनीले जनाएको छ । २ लाखभन्दा बढीको रोजाईमा सेन्ट्रो रहेकाले कम्पनीले उक्त कारको नाम सेन्ट्रो राख्ने भएको छ ।
कम्पनीले सेन्ट्रोलाई आगामी अक्टुवर २३ मा बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
नयाँ सेन्ट्रो प्रति ग्राहकको रुचीलाई ध्यानमा राख्दै कम्पनीले अक्टोवर १० बाट यसको प्रि–बुकिङ खुल्ला गर्ने भएको छ ।
यस्तो छ नेपाल ल्याउने तयारी
नेपालीको लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्सले आगामी नोभेम्बर अन्त्यसम्ममा नेपाली बजारमा यसलाई सार्वजनिक गर्ने तयारी गरिरहेको बुझिएको छ ।
भारतीय बजारमा सार्वजनिक लगत्तै नेपाली बजारमा ल्याउने प्रयास भइरहेको यो कार नेपाली ग्राहकले नोभेम्बर अन्त्यसम्ममा शोरुमबाट किन्न पाउने अनुमान गरिएको छ ।

