काठमाडौं । यामाहा मोटरसाइकलको आधिकारीक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले मोटरसाइकल तथा स्कुटर सर्भिसिङमा ‘यामाहा एक्सपेरियन्स सर्भिस’ सेवाको सुरुवात गरेको छ ।
यामाहाले आफ्नो ग्राहकहरुलाई सर्भिसिङमा सहज बनाउनका लागि अनलाइन बुकिङ सिस्टम सहित यो सेवा सुरु गरेको हो ।
अब यामाहाका ग्राहकहरुले मोटरसाइकल तथा स्कुटर सर्भिसिङ गराउनु परेमा सर्भिस सेन्टर पुगेर लाइनमा बसिराख्न पर्दैन ।
सर्भिस टाइम पुगेपछि ग्राहकले यामाहा नेपालको आधिकारीक वेबसाइटमा गई आफ्नो समय अनुसार सर्भिस बुकिङ गर्न सक्नेछन् ।
ग्राहकले सर्भिसिङ टाइम लिनका लागि यामाहा नेपालको वेभ साइटमा गई स्पेयर एण्ड पार्टसमा क्लिकगरी ‘बुक योर सर्भिस अनलाइन’ सुबिधा लिन सक्ने छन् । यस साइटमा ग्राहकले आफ्नो डिटेल र आफुले चाहेको समय टाइप गरी समिट गर्नुपर्ने हुन्छ ।
यामाहा कम्पनीको यो सुबिधाले ग्राहकको टाइम बचाएउने कम्पनीले जनाएको छ । तत्कालको लागि यो सुबिधा काठमाडौंमा रहेका यामाहा डिलरहरुबाट लिन सकिनेछ ।
केहि समय पस्चात् यो सेवा यामाहाका नेपालभर रहेका सर्भिस सेन्टरबाट लिन सकिने कम्पनीले जनाएको छ ।


